सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

पोखरा, २१ असोज। विजया दशमी तथा शुभ दीपावलीको अवसरमा रोट्याक क्लब हेमजाको आयोजनामा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ।

मैत्रीभाव तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले खेल आयोजना गरिएको आयोजकले जनाएको छ। उक्त खेलमा १२ टिमको सहभागिता रहेको छ।

शनिवार भएको पहिलो खेलमा नेवारे खोला झाँक्री स्थान खानेपानी समितिले सीथ्रीडीआरलाई ट्राईबेकरमा ६-५ गोलको अन्तरले पराजित गर्‍यो।

रेडियो हेमजाले फेदी व्यापार सञ्चालक समूहलाई ७-१ फराकिलो गोलान्तरले पराजित गर्‍यो। त्यस्तै हेमजा व्यापार सञ्चालक समूहले हेमजा बचत तथा ऋण सहकारीलाई ४-० ले पराजित गर्‍यो।

आइतवार बिहान नेवारे खोला झाँक्री स्थान खानेपानी समिति र बैकर्ंस एशोसिएसन, नेपाल भूपू सैनिक कृषि सहकारी र हेमजा व्यापार सञ्चालक समूह,  साँझ रेडियो हेमजा र बहुउद्देश्सीय कृषि सहकारी तथा अन्तिम खेल दियालो कृषि सहकारी र देविस्थान कृषि सहकारीबीच खेल हुनेछ।  प्रतियोगितामा बिजेतालाई २५ हजार बराबरउपविजेताले १५ हजार बराबरको च्यांग्रा शिल्ड, मेडल उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरीएको संयोजक अनुप पौडेलले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता