मियाँपाटनमा सरसफाइ

पोखरा, २१ असोज। मियाँपाटन टोल विकास संस्थाले शनिवार टोल सरसफाइ गरेको छ। संस्थाका अध्यक्ष सरिफ अलिमियाँको नेतृत्वमा सरसफाइ गरिएको हो। टोलका झण्डै ४० जना सदस्यले इदगाह, मदसााहित मियाँपाटन क्षेत्रको सरसफाइ गरेका थिए।

संस्थाका अध्यक्ष सरिफ अलि मियाँले समय समयमा यस्ता सरसफाइ कार्यक्रम गर्ने बताउँदै सबैलाई टोलको सरसफाइमा जुट्न आह्वान गरे।

- अादर्श समाज सम्वाददाता