सामुदायिक सेवा केन्द्र बगरको नागरिक प्रहरी अन्तरक्रिया

पोखरा, २१ असोज। सामुदायिक सेवा केन्द्र तथा प्रहरी लेखनाथ महानगर पालिका वडा नं. १ बगरको आयोजनामा शुभकामना आदान प्रदान तथा नागरिक सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तक्रिर्या सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीले नागरिकले प्रहरी प्रमुख समक्ष लागु औषध नियन्त्रण, ट्राफिक समस्या समाधान गर्न, अवैध मदिराको बिक्रिवितरण रोक्न र जुवातास नियन्त्रणतर्फ ध्यानकर्षण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह आफु पोखरा आएदेखि पोखरामा लागुऔषत नियन्त्रण मादक पदार्थ विरुद्धको अभियान गाँजा फडानी र ट्राफिक समस्याको समाधान गर्न कार्यक्रमलाई विशेष प्राथमिकता दिएको जानकारी दिए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका सल्लाहकार ध्रुब्रप्रसाद पराजुली, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी जिल्ला समन्य समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराई, वडा नं. २५ का वडा अध्यक्ष शोभाकार तिमिल्सीना, वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, लागु औषण नियन्त्रण समाज सुधार आमा समूह नेपालकी अध्यक्ष विष्णु गुरुङले बोलेका थिए। सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्र बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनपति भण्डारीले स्वागत र सचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता