स्वास्थ्य सम्बन्धी कार्यशाला

पोखरा, १९ असोज। पोखरामा स्वास्थ्य क्षेत्रसँग सम्वन्धी अन्तर्राष्ट्रियस्तरको कार्यशाला आजदेखि शुरु हुँदैछ।

रोयल कलेज अफ फिजिसियन्स अफ इडिनवर्ग युके, सोसाईटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (सिमोन) र हेल्थ एक्सचेञ्ज अफ नेपालको संयुक्त आयोजनामा कार्यशाला हुन लागेको हो।

शनिवारसम्म चल्नेकार्यशालाको तयारी पूरा भएको स्थानीय संयोजक एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्विबहादुर थापाले जानकारी दिए।

कार्यशाला फोक्सो सम्वन्धी रोग र सघन उपचार कक्षको उपचार विधिमा केन्द्रित रहने  भएको छ। कार्यशालामा श्वासप्रश्वाससँग सम्बन्धी रोगको उपचारका लागि पछिल्लो प्रविधिका बारेमा छलफल हुने र कार्याशालामा नेपालसहित विभिन्न राष्ट्रका एक सय चिकित्सक सहभागी हुने भएका छन्।

रोयल कलेज अफ फिजिसियन्स युकेले प्रत्यक वर्ष नेपालमा यस्तो कार्यशाला गर्दै आएको छ’- पोखराका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. वसन्त ताम्राकारले-‘यसपटक पोखरामा हुने हाम्रा लागि खुसीको विषय हो।’

कार्यशालामा प्राडा रमेश चोख्यानी, प्राडा धिरज मानन्धर, प्राडा वीबरेक बिल, प्राडा बुद्विबहादुर थापा, प्राडा अर्पना न्यौपाने, डा मार्क विलकिन्सन, डा यादव भट्ट, प्राडा शीतल अधिकारी, डा डोम म्याक्के, डा डेविड फाफी र डा वसन्त ताम्राकारलगायतको सहभागिता रहने जनाइएको छ।

- अादर्श समाज सम्वाददाता