लेउवा संघ निर्वाचन उम्मेदवारी दर्ता, भट्टराई र धमला निर्विरोध

लेखनाथ, १९ असोज। लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन उम्मेदवारी मनोनयमा सस्थागत सदस्यतर्फ लेखनाथ हार्डवयर एसोयिसनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई र एशोशियट सदस्य तर्फ वाटिका इन्भेष्टमेन्ट कम्पनी प्रालिका प्रशान्तराज धमला निर्विरोध निवाचित भएका छन्।

संघको विधान अनुसार सस्थागत एक र एशोशियट सदस्य एक जनाको व्यवस्था भए अनुसार सस्थागततर्फ भट्टराई र एशोशियटतर्फ धमलाको मात्र उम्मेदवारी परेकाले दुबैजना निर्विरोध भए तापनि निर्वाचन समितिले घोषणा गरेको छैन।

अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी र दुर्इ कार्यकाल सदस्य पदमा रहेर काम गरेका भगवती हाईडोपावरका निर्देशक इन्जिनियर वसन्त मोहन भट्टराईको उम्मेदवारी परेको छ।

भण्डारी र भट्टराई राजनीतिक रूपमा एउटै खेमाका भए पनि संघको चुनावका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

विधान संशोधनले थपिएको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का कोषाध्यक्ष बलराम ढकाल र लामो समयदेखि सदस्य पदमा रहेर काम गरिसकेकी गीतादेवी सुवेदीको उम्मेदवारी परेको छ।राजनीतिक आस्थाका रूपमा फरक खेमाका ढकाल भण्डारी समूहक र सुवेदी भट्टराई समूहकी हुन्।

यसैगरी, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय र पूर्व कार्यसमितिका सदस्य मेजर रामप्रसाद गुरुङको उम्मेदवारी पेरेको छ। आत्रेयले भण्डारी र मेजरले भट्टराई समूहको तपmबाट उम्मेदवारी दिएका हुन्।

द्वितीय उपाध्यक्षमा अध्यक्ष पदका लागि चर्चामा आएका दयाराम तिवारी र वर्तमान कार्यसमितिका सदस्य विनोद श्रेष्ठका बीच चुनाव हुने भएको छ।

संघको महासचिव पदमा दुबै हार्डवर्यर व्यवसायी भएर पनि  वर्तमान उपमहासचिव भरतकुमार अधिकारी र वर्तमान कार्यसमितिका सदस्य ऋषिराम जमरकट्टेल छुटाछुटै प्यानलबाट चुनावी मैदानमा उत्रिएका छन्। अधिकारी भण्डारी र जमरकट्टेल भट्टराई समूहका हुन्।

त्यसैगरी, उपमहासचिवमा वर्तमान कार्यसमितिका सदस्य दामोदरभक्त थापा र वर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोलाको उम्मेदवारी परेको छ। थापाले भट्टराई र बास्तोलाले भण्डारी समूहबाट चुनावी मैदानमा उत्रिएका हुन्। कोषाध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका सदस्य लेखनाथ हार्डवर्यस एशोशियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा र पूर्व कार्यसमितिका सदस्य सोमतबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ। ओझा भण्डारी र श्रेष्ठ भट्टराई समूहका हुन्। विगत वर्षमा एक महिला आरक्षण सिटको व्यवस्था भएकोमा यस पटकदेखि महिला सदस्यको सख्या बढेकाले दुर्इ महिला सदस्य पदका लागि तीन जनाको उम्मेदवारी परेको छ।

जसमा जानुका अधिकारी, लक्ष्मी बास्तोला र राधा सापकोटा रहेका छन्।

विगतका चुनावमा अध्यक्ष र सदस्य पदका लागि चुनाव हुने र पदाधिकारी अध्यक्षबाट मनोनित गरिने व्यवस्था रहेकोमा यस पटक सबै पदमा चुनाव हुने भएपछि सदस्य पदमा नयाँ अनुहारको प्रवेश हुुने देखिन्छ।

आठ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ।

जसमा भण्डारी समूहबाट अशोक बराल, भरतराज ओझा, भीमबहादुर नेपाली काइला, मेनुका श्रेष्ठ, रामजी पौडेल, सरोजराज अधिकारी, शिवप्रसाद भण्डारी र उपेन्द्रराज सुवेदी राजु रहेका छन्। यस्तै, भट्टराई समूहबाट धिरजकुमार श्रेष्ठ, गणेश अधिकारी, मधुसुदन कोइराला, महेश्वर आचार्य, रमेशराज पौडेल, रुद्ररमण रेग्मी र सप्तनाथ कुँवर रहेका छन्। सदस्य पदमा उम्मेदवारी दिने सुवेदी र श्रेष्ठ बाहेक सबै नयाँ अनुहार हुन्।

चुनावी कार्यतालिका अनुसार असोज २१ गते अन्तिम नामावली प्रकाशन, असोज २६ गते उम्मेदवार परिचय र असोज २८ गते बिहान आठ बजेदेखि मतदान हुने निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिएका छन्। संघमा हाल एक हजार दुर्इ सय ५५ जना साधारण सदस्य रहेका छन्।

- अादर्श समाज सम्वाददाता