वीरगन्जमा संघीय समाजवादीको अग्रता

काठमाडौं, ९ असोज ।  प्रदेश २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा भएको निर्वाचनको परिणाममध्ये एक सय ३२ तहको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाम अनुसार प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसले ३८, नेकपा एमालेले १८, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय जनता पार्टीले २४ र संघीय समाजवादी फोरमले २५ स्थानमा जित हासिल गरेका छन् । यस्तै, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुर्इ र नयाँ शक्ति पार्टीनेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् । अब चार४ तहको मतगणना जारी छ ।

सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पसााजिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना कार्य जारी छ ।

एकमात्र वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । शुरुमा नेपाली काँग्रेसले लिएको अग्रता तोड्दै फारमले एक हजार बढीले अग्रता लिएको हो ।

उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार जम्मा एक हजार दुर्इ सय ७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार दुर्इ सय ३८ वडाको मतगणना कार्य सम्पन्न भएको हो । अब चार स्थानीय तहका १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

- अादर्श समाज सम्वाददाता