फूलपाती महोत्सवमा दर्शकको भीड

पोखरा, ९ असोज । समृद्ध समाज हाम्रो चाहना, संस्कृतिको जगेना, हाम्रो कामना भन्ने मूलनाराका साथ पोखराको पुरानो टुँडिखेलमा ऐतिहासिक दशैं फूलपाति महोत्सव जारी छ । दशैं पर्व लक्षित गरी आयोजित महोत्सवमा दशैंको लागि आवश्यक लत्ताकपडा तथा उपभोग्य बस्तु किन्ने ग्राहकको भीड लागेको छ ।

महोत्सवमा दैनिक उपभोग्य बस्तुको साथमा लत्ताकपडा, हस्तकलाका सामाग्री प्रदर्शनी, बालउद्यान रहेको छ भने मनोरञ्जनअन्तर्गत दोहोरीगीत प्रस्तुति भैरहेको छ । यस्तै, खाना, मनोरञ्जन, विभिन्न व्यापारिक गरी ६० वटा स्टल राखिएको छ। शनिबारदेखि शुरु महोत्सवको तेश्रो दिन मंगलबार दर्शकको अत्यधिक भिड लागेको आयोजक इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष नारायण चापागाईंले बताए । महोत्सवमा भेंडा च्याङ्ग्राको समेत बिक्री हुने भएको छ । बिक्रीको लागि महोत्सवमा १५ वटा भेंडा च्याङ्ग्राको लागि स्टल तयार पारिएको छ ।  महोत्सव अष्टमी अर्थात असोज १२ सम्म चल्नेछ।

सोमबार लोकदोहोरी गायक प्रजापति पराजुली, सरला पाण्डे, माया गुरुङ, तुल्सी जिसी, कृष्ण देवकोटा, जीवन दाहाल, माया गिरी लगायतका कलाकारले आ-आफ्नो प्रस्तुति राखेका थिए ।

मंगलबार दोहोरीतर्फ गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगना, मन्जु विक लगायत कलाकारको प्रस्तुति रहने भएको अध्यक्ष चापागाईंले जनाए ।

यस्तै, बिएड, मानस घले, र्‍यापर भिटेन लगायत ब्याण्डको पप कर्न्सट हुने महोत्सव संयोजक बालकृष्ण कोइरालाले बताए । महोत्सवबाट बचत रकम पुरानो टुँडिखेलको मैदान मर्मत सम्हार रर्र् इन्द्रेणी विकास केन्द्रको फुटबल एकेडेमीमा आवद्ध ७० जना बालकको रेखदेखमा खर्च गरिएने जनाइएको छ ।

- अादर्श समाज सम्वाददाता