हेमजा सेभेन ‘ए’ साइडमा आज क्वाटरफाइनल

पोखरा, ९ असोज। हेमजा सेभेन ‘ए’ साइड नकआउट फुटबल प्रतियोगितामा मंगलबारदेखि शुरु हुने क्वाटरफाइनलका खेलमध्ये पहिलो खेल गैह्रापाटन एफसी र ‘बी’-१३ कमलपोखरीबीच प्रतिष्पर्धा हुने भएको छ ।

विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ-२५ हेमजाले आयोजना गरेको उक्त प्रतियोगिता बिहान ७ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक सुविन श्रेष्ठलाई जानकारी दिए।

दोस्रो क्वाटरमा हेमजा युनाइटेड र एलजी एशोसिएसन, तेस्रोमा बसपार्क र रञ्जन मेमोरियलबीच र अन्तिम क्वाटरफाइनलमा लेकसाइड एफसी र हेमजा युवा सञ्जालबीच हुनेछ । आयोजकका अनुसार मंगलारदेखि नै सेमीफाइनल पनि शुरु हुनेछ ।

यसैबीच, सोमबार भएको पहिलो खेलमा गैह्रापाटन एफसीले आयोजक विष्णुपादुका हरियोलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश पाएको हो ।

अको खेलमा हेमजा युनाइटेडले केएफसीलाई २-०, एलजी एशोसिएसनले एमसी टकिलालाई टाइब्रेकरमा ३-२ ले पराजित गरेका थिए। त्यसैगरी, बसपार्कले गार्डेन एफसीलाई सडक डेथमा ७-६, रञ्जन मेमोरियल लामाचौरले सेवक एफसी खैरेनीटारलाई २-०, लेकसाइड एफसीले एमसिएसएनबीलाई ३-१  र हमेजा युवा सञ्जाले नयाँगाउँलाई टाइब्रेकरमा २-१ ले पराजित गर्‍यो।

उपाधि विजेताले एक लाख एक हजार एक सय ११, उपविजेताले ५१ हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, सवोर्कृष्ट खेलाडीले तीन हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही दुर्इ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

- अादर्श समाज सम्वाददाता