आमा मिलनको साधारणसभा

पोखरा, ८ असोज। पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ स्थित आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

सभाको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्रमुख बद्रीनाथ अधिकारीले गरेका थिए।

साधारणसभामा सहकारीकी संस्थापक अध्यक्ष इन्दिरा पौडेललाई सम्मान गरिएको थियो। एकल महिला धनकुमारी गुरुङ, पवित्रा गिरी, ज्येष्ठ सदस्य गंगाप्रसाद सुवेदी, खुमादेवी सुवेदी, करुणानिधि शर्मा, मेघराज घिमिरे, निर्मल गिरी, भोलानाथ लम्साल, कृष्णमान श्रेष्ठ, त्रिभुवन शर्मालाई नगद दुर्इ हजारसहित सम्मान गरिएको थियो।

२० लाख वा सोभन्दा बढी रकम दुर्इ वर्षभन्दा बढी समयका लागि बचत गर्ने नरकुमारी गुरुङ, हिराकुमारी थापा, निर्मला पहारीलाई जनही पाँच हजारसहित सम्मान गरिएको थियो।

साथै, ज्येष्ठ सेयर सदस्य पुरुषतर्फ गंगाप्रसाद सुवेदी, महिलातर्फ गंगाकुमारी शेरचन, उत्कृष्ठ नियमित बचतकर्ता प्रभा रञ्जित पाण्डे, नियमित बचत तथा असल कर्जा कारोबारी बाबुराम हुमागाईलाई सम्मान गरिएको थियो।

त्यस्तै, विभिन्न शैक्षिक तह उर्त्तीीा गर्ने सेयर सदस्यका छोराछोरीहरु रोशन दाहाल, अमृता ढकाल घिमिरे, पुष्पलता बराल, दीपेन्द्र पौडेल र अचुत भण्डारीलाई सम्मान गरिएको थियो।

त्यसअवसरमा संस्थापक अध्यक्ष इन्दिरा पौडेल, जिल्ला सहकारी संघका हरिभक्त पौडेल, मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल, सहकारीका पूर्वअध्यक्ष पृथ्वीराज तिमिल्सिनाले बोलेका थिए।

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र सचिव ध्रुवराज पौडेलले संचालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता