तीन दिने आधुनिक चुरा बनाउने तालिम

पोखरा, ८ असोज। पोखरामा आयोजित तीन दिने आधुनिक चुरा बनाउने तालिम आइतवार सम्पन्न भएको छ।

स्वस्तिक हस्तकला उद्योग पोखरा लेखनाथ महानगरपालिका वडा नं १ को आयोजना तथा गुरुङ व्यूटी एकेडेमी न्यूरोडको संयोजनमा तालिम आयोजना गरिएको हो। तालिममा १५ जना सहभागी थिए।

तालिममा घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ की संयोजक शान्ति शर्मा र भगवती भण्डारीले सहजीकरण गरेका थिए।

तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गर्दै महिला तथा बालबालिकाका कार्यालय पोखराकी प्रमुख लक्ष्मी जिसिले सीप नै व्यक्तिको पहिचान भएको बताइन्।

त्यसअवसरमा प्रशिक्षक घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ की संयोजक शान्ति शर्मा, संचारिका पश्चिमाञ्चल संयोजक जमुना वर्षा शर्मा र प्रशिक्षार्थी राधा अधिकारी तिवारीले बोलेका थिए।

स्वस्तिक हस्तकला उद्योगकी सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ व्यूटी एकेडेमीकी प्रोपाईटर चिनु गुरुङले स्वागत र प्रशिक्षार्थी विना गुरुङले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता