गौतमको ‘खोला छेउको खेत’ बजारमा

पोखरा, ८ असोज। पोखरा लेखनाथ-२८ काफ्लघारी निवासी कृष्णप्रसाद गौतमद्वारा लिखित उपन्यास ‘खोल छेउको खेत’ विमोचन गरिएको छ।

प्रमुख अतिथि उच्च अदालत स्याङजाका न्यायाधिश रमेशकान्त अधिकारी र नेपाल ज्योतिष परिषदका उपाध्यक्ष कृष्ण राउतले संयुक्त रुपमा विमोचन गरेका थिए। यसअघि २०६८ सालमा लेखक गौतमको ‘दोषी आँखा’ र ‘अर्काे एक’ भजन सङ्ग्रह बजारमा आइसकेका छन्।

- अादर्श समाज सम्वाददाता