मुक्तक मञ्चमा प्राञ्जल

पोखरा, ५ असोज। मुक्तक मञ्च पोखराको मंगलबार सम्पन्न छैटौ अधिवेशनले प्राञ्जलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

मञ्चको उपाध्यक्षमा भरतराज पौडेल, सचिवमा रामजीप्रसाद आचार्य, कोषाध्यक्षमा गौरी तमु र सहसचिवमा रोशन तल्कोटे चयन भएका छन्। यसैगरी, सदस्यमा केआर ढकाल, भरत पोखरेल, अनिता दाहाल र शशी अधिकारी सकिला चयन भए।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा सल्लाहकारद्वय रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको निर्वाचन समितिले कार्यसमिति घोषणा गरेको थियो।

विधानअनुसार दुर्इ जना सदस्य मनोनयन गरिने नवचिर्वाचित अध्यक्ष प्राञ्जलले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष प्राञ्जलले मुक्तक उत्सव, मुक्तक सञ्चयन प्रकाशन, मुक्तकसम्बन्धी अन्य संस्थासँग सहकार्यलगायतका कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे।

- अादर्श समाज सम्वाददाता