बिनालाई मिस कल्चर उपाधि

पोखरा, ५ असोज। लेकसाइडकी बिना छिन्त्यालले चौथो मिस कल्चर नेपाल २०१७ को उपाधि हात पारेकी छन्। वेष्ट डान्सको टाइटल समेत आफ्नै पोल्टामा पारेकी उनले भिजी अटोमोवाईलको सुजुकी लेट्स स्कुटर पुरस्कार जितिन्।

पुष्पाञ्जली फेसन एण्ड इभेन्टको आयोजनामा भएको कार्यक्रममा फस्ट रनर अप सविना बराल, सेकेन्ड रनर अप पूजा शाह, थर्ड रनर अप रोश्नी तिम्सिना, फोर्थ रनर अप सपना शर्मा भए।

यस्तै, भ्यूवर च्वाइस शुभेच्छा गिरी, अग्रनाइजर च्वाइस मुना थापामगर, मस्ट ट्यालेन्ट मेलिना थकाली भए। यस्वेस्ट स्माईल सविना बराल, मस्ट एक्टिभ बर्षा कँडेल, बेस्ट फिगर शुभेच्छा गिरी, मस्ट प|mेण्डिली रोश्नी तिम्सिना, वेस्ट क्याटवाक रिस्ता घिसिङ, मस्ट डिसिपिलिन रिना गुरुङ, वेस्ट हेयर सपना शर्मा, मस्ट क्रियटिभ अस्मिता पौडेल, मस्ट इन्टलिजेन्ट पूजा शाह, मस्ट हेल्पफुल बिनिता परियार, वेस्ट पर्सनालिटि मुना थापामगर, मस्ट फोटो जेनिक मेलिना थकाली, मस्ट पपुलर सन्जु गुरुङ घोसित भए।

‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ आयोजित प्रतियोगितामा १४ जना फाइनल प्रतिस्पर्धी सहभागी थिए।

कार्यक्रम उद्घाटन क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले गरेका थिए। पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी प्रवन्ध निर्देशक शोभा गौतमले संस्कृति संरक्षणसम्बन्धी कार्यक्रम आगामी दिनहरूमा समेत निरन्तर गरी रहने बताइन्।

सो अवसरमा पोखराका विभिन्न क्षेत्रमा क्रियाशील आमा समूहमध्ये धर्मस्थली महिला विकास समिति, जगदम्बा आमा समूह, चिसापानी आमा समूह, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह, राखी प्रगतिशिल आमा समूह, कदम मार्ग आमा सूमह शान्ति सम्झना आमा समूह, जागरण आमा समूह र प्रतिभाटोल आमा समूहलाई सम्मान  गरियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका क्षेत्रीय प्रमुख उदय भट्टराई, पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्त कोइराला, ओमराज पौडेल, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाही, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, सुनौलो पब्लिकेशनका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, टिवीआइ ग्रुपका सिइओ अनिमेशकुमार मिश्र, चौधरी ग्रुपका म्यानेजर मनिष सिंह, मनोज घिमिरे, मधुसुधन गुप्ता, घनलाल न्यौपाने, सांग्रीला डिष्ट्रिलरीका म्यानेजर किशोर कोइराला, हिमाल अटो र्व्लर्डकी प्रोपाइटर मिलन थापा लगायतको सहभागिता रहेको थियो।

निर्णायकमा शिक्षासेवी रेशम सापकोटा, मिस क्लचर नेपाल २०१६ कि विजेता पवित्रा लामिछाने, मिसेस कल्चरकी विजेता प्रतिमा शर्मा आचार्य, मिस क्लचर पश्चिमाञ्चलकी विजयता मञ्जु थापामगर रहेको कार्यक्रम संयोजक दिनेश शर्माले बताए।

- अादर्श समाज सम्वाददाता