हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता शुरु

पोखरा, ३ असोज। विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी हेमजाको आयोजनामा मंगलबारदेखि हेमजा सेभेन ‘ए’ साइड नकआउट फुटबल प्रतियोगिता-२०७४ शुरु भएको छ।

‘मैत्रीभाव तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ६९ टिमको सहभागिता छ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ युवालाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुविन श्रेष्ठलाई जानकारी दिए।

प्रतियोगिताको सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले रेफ्री अरुण केसी सौरव गुरुङलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए।

उद्घाटन खेलमा सेवक एफसी खैरेनीटारले आयोजक विष्णुपादुका क्लबलाई १-० गोलअन्तरले पराजित गर्‍यो। उक्त खेलमा सेवकका रीपेश थापाले गरेको गोल नै निर्ण्ाायक बन्यो।

दोस्रो खेलमा हेमजा युनाइटेडले एफसी फनलाई ३-० ले पराजित गर्‍यो। हेमजाको जितमा सुनिल कार्कीले हृयाटि्रक गरे।

तेस्रो खेलमा गैह्रापाटन एफसीले यु-१६ एसटी लोटसलाई १-० ले पराजित गर्‍यो। खेलमा नारायण गुरुङले निर्ण्ाायक गोल गरे।

फेमली इन्टरप्राइजेज र नयाँबजारबीचको चौथो खेलमा नयाँबजारले टाइब्रेकरमा ५-४ गोलअन्तरले फेमलीको चुनौती पन्छायो।बुधबार १० खेल हुने प्रतियोगिता संयोजक सुविन श्रेष्ठले जानकारी दिए। उनले टिमलाई समयमै उपस्थित भई प्रतियोगिता सफल पार्न अपील समेत गरेका छन्।

कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछाने, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले बोलेका थिए। प्रतियोगिता सम्पन्न गर्न पाँच लाख ८९ हजार रुपैयाँ लाग्ने आयोजकको अनुमान छ।

प्रतियोगिता विजेताले एक लाख एक हजार एक सय ११, उपविजेताले ५१ हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सवोर्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ।

त्यसैगरी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, हाइ स्कोररलाई दुर्इ/दुर्इ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ भने सेमिफाइनलमा पराजित टिमलाई सान्त्वनास्वरुप १० हजार रुपैयाँ दिइने प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए। क्लब अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक सुविन श्रेष्ठले स्वागत र सहसचिव मनोज कार्कीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता