कृष्ण थापाका सिर्जना घन्कदैं

पोखरा, १ असोज। गीतकार कृष्ण थापाका सिर्जना पोखरामा मंगलबार घन्कदैंछन्।

उनले रचेका गीतसहितको नृत्य प्रस्तुति हुने ‘सिर्जनामा कृष्ण थापा २०७४’ आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। नेकपा एमाले कास्कीको आयोजना तथा जनसांस्कृतिक महासंघ, प्रदेश नं. ४ को व्यवस्थापनमा मंगलबार दिउँसो पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटन सभाहलमा थापाद्वारा रचित गीतको प्रस्तुति हुने संयोजक दामोदर बैरागीले जानकारी दिए।

नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका थापा राजनैतिक व्यक्तित्वका साथै सिर्जनामा पनि उत्तिकै क्रियाशील छन्। थापाको रामकृष्ण ढकाल र यम बरालको आवाजमा रेर्कर्ड भएको पहिलो गीत पोखरा शहर हेर्दैमा राम्रोसहितका उत्कृष्ट आठ गीत कार्यक्रममा यहाँका कलाकारले प्रस्तुत गर्नेछन्।

पोखरा शहर हेर्दैमा राम्रो, मान्छे न गरीब, म त नेपाली, धेरै धेरै दुःख कष्ट, मलाई माया गर्ने, आँखामा रसायो आँसु, पोखरा कोमागाने मितेरी गीत, आमा बाबा गीत प्रस्तुत हुनेछन् ।

रामभक्त जोजिजु, कर्ण्र्ाादास, इतु जोजिजु, रुबी गौली, ओम गुरुङ, सागर शाह, जय परियार, सन्तोष बस्याल, मालती गुरुङ, शितल थापा, लक्ष्मी गिरी, प्रमिला बराललगायतका कलाकारले थापाका गीत गाउनेछन्।

यस्तै, झ्याउरे, लाठी, मारुनी, कौरा, साकेला र शास्त्रीय नृत्यसमेत प्रस्तुत हुने सहसंयोजक पदमराज ढकालले जानकारी दिए।

एक हजार रुपैंया टिकट काटेर कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रमबाट करीब चार लाख ८० हजार उठ्ने र सोही बराबर रकम खर्च हुने आयोजक सदस्य मनकुमार श्रेष्ठले जानकारी दिए।

थापा राष्ट्रिय जनसांस्कृतिक मञ्च पोखरा नगरको संस्थापक अध्यक्ष पनि हुन्।

- अादर्श समाज सम्वाददाता