चितवन सेमिफाइनलमा

पोखरा, १ असोज। सिधैँ वाई पाएर आइतवार मात्रै पोखराको अमरसिंह चौरमा आइपुगेको श्रीकृष्ण मिष्ठान भण्डार चितवनको टोलीले पोखरा युनाइटेड क्लबलाई ५३ रनले पराजित गर्दै क्लबस्तरीय टेनिस बल क्रिकेट प्रतियोगिताकेा सेमिफाइनलमा प्रवेश गरेको छ।

लक्ष्मी लाइटहाउस टी-ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगितामा चितवनले पहिलो व्याटिङ गर्दै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो। एकै व्याट्सम्यानको पाँचपटक क्याच फुत्काएपछि सबैभन्दा महंगो व्याट्सम्यानको रूपमा कृष्ण भुषाल देखा परे। उनले आउट हुनु अघि ४२ रन बनाए। उनी पाँचपटकसम्म क्याचआउट हुनबाट जोखिएपछि चितवनलाई सम्मानजनक स्कोरमा पुर्‍याए। राजेश लम्सालले ३३ र सागर थापाले दुर्इ छक्का हान्दै १९ रन बनाई अन्तिम दुर्इ बल बाँकी हुँदा रनआउट हुन पुगे। सन्जय रानाले मात्रै ३ विकेट लिए।

१५० रन पछ्याएको युनाइटेड भने ९६ रनमा अलआउट हुन पुग्यो। नविन सापकोटाले ३८ बलमा ३५ रन नै सर्वाधिक रन बन्न पुग्यो। म्यान अफ दी म्याच सागर थापाले ४ ओभरमा ३ विकेट, राजेश लम्साल र सन्तोष उपाध्यायले ४ ओभर बलिङ गर्दै दुर्इ-दुर्इ विकेट नाममा लेखाए।

यसैगरी, अर्को खेलमा पोखरा युनिभर्सिटीलाई ३६ रनले पराजित गर्दै फ्युचर स्टार क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर व्याटिङ गरेको फ्युचर स्टारले अर्जुन महतको २७ रनको योगदानमा १२८ रनको योगफल तयार पार्‍यो। सन्तोष शर्माको २२, अर्जुन मगरले १३ र चोक गुरुङले १८ रनको योगदान दिए।

सागर कोइरालाले ४ ओभरमा ३ विकेट, सुमन रसाइली र शिव शर्माले १-१ विकेट लिए। १२९ रनको लक्ष्य पछ्याएको पोखरा युनिभर्सिटीले एमडी सोहेब खान र नारायण भण्डारीको क्रमश १६ र १४ रनको सहयोगमा केवल ९२ रनमा अलआउट हुन पुग्यो। म्यान अफ दी म्याच सन्तोष शर्माले ३ ओभरमा २ विकेट, सोवित थापाले २ ओभरमा २ विकेट र सचिन गुरुङले ४ ओभरमा २ विकेट लिदैं जित दर्ता गरे।

पोखरा क्रिकेट एकेडेमीकेा आयोजनामा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेल चितवनले धौलागिरी क्रिकेट क्लब बाग्लुङसित प्रतिस्पर्धा गर्ने छ भने अर्को सेमिफाइलन खेल आयोजक पोखरा क्रिकेट एकेडेमी एले फ्युचर स्टार क्रिकेट क्लबसित खेल्ने छ।

- अादर्श समाज सम्वाददाता