अनेरास्ववियु कास्कीको कविता प्रतियोगितामा मगर प्रथम

पोखरा, १ असोज। अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीद्वारा आयोजना गरिएको कविता वाचन प्रतियोगिता विकास रोका मगर उत्कृष्ठ बनेका छन्।

पृथ्वीनारायण क्याम्पसस्थति भानु पार्कमा भएको प्रतियोगितामा मगरले प्रथम हुँदै प्रमाणपत्र र १५ हजार प्राप्त गरे। यस्तै अश्रुलता बास्तोला द्वितिय र सुजितमान सुनारले तृतीय हुँदै क्रमशः १० हजार, पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा निर्णायकद्वय प्रा डा यदुनन्दन उपाध्याय र प्राडा विष्णु पौडेलले ४० कवितावाचनका लागि छनौट गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले पोखरा कला र साहित्यको राजधानी रहेको बताउँदै यसलाई अझै जगाउनका लागि यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताए। अनेरास्ववियु केन्द्रीय सचिव मकर खड्काले अनेरास्ववियुले विद्यार्थीले शैक्षिक रूपमा प्राप्त गर्ने अधिकार संवैधानिक रूपमा स्थापित भैसकेको हुँदा कार्यान्वयनका लागि दवाब दिने बताए।

कार्यक्रममा नेकपा एमाले पोखरा लेखनाथ नगर सचिव दीलिप न्यौपाने, अनेरास्ववियु नेताद्वय सरीता पुरी, आर्शीवाद सुवेदीले बोलेका थिए।  कमिटीका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पवनकाजी अधिकारीले गरेका थिए।

- एजेन्सी