बालमन्दिर माविको ५३ औं वाषिर्कोत्सव

पोखरा, २९ भदौ। पोखरा ३, नदीपुरस्थित बालमन्दिर माविको ५३ औं वाषिर्कोत्सव सम्पन्न भएको छ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्रीले विद्यालयको झण्डोत्तोलन गरेर वाषिर्कोत्सव समारोह उद्घाटन गरे। क्षेत्रीले आगामी शैक्षिक सत्रदेखि विद्यालयले विज्ञान संकायका लागि कक्षा सञ्चालन गर्ने भएकोले आवश्यक पूर्वाधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुको साथै कक्षागत सवोर्त्कृष्ट विद्यार्थीलाई विद्यालयले छात्रवृत्ति र पुरस्कार वितरण गरेको थियो।

विद्यालयले कक्षा १ का मनिषकुमार मगरलाई इन्द्र पुर्जा स्मृतिकोष छात्रवृत्ति, कक्षा ६ का मिलन कार्कीलाई छन्त्याल स्मृतिकोष छात्रवृत्ति, कक्षा ११ की दृष्टिविहीन छात्रा ममता गुरुङलाई राजीव श्रेष्ठ स्मृति छात्रवृत्ति र कक्षा ११ का अप्सरा अधिकारी  प्रदीप बिकलाई इच्छाशक्ति छात्रवृत्ति प्रदान गरेको प्रअ सुशील बस्नेतले जानकारी दिए।

कार्यक्रममा स्वर्गीय फूलमाया कार्कीको स्मृतिमा छोरा कृष्ण कार्की र बुहारी इन्द्रमाया कार्कीले कोष स्थापना गरेको एक लाख ११ हजार एक सय ११ रुपैयाँ’को चेक विद्यालयलाई प्रदान गरियो। जसको ब्याजबाट आर्थिकरुपमा विपन्न दुर्इ विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिने बस्नेतले बताए।

त्यसैगरी, विद्यालयमा रुद्रमान हिरालक्ष्मी स्मृतिकोषको नामबाट छोरीहरु सावित्री, नीता र सरिता ताम्राकारले एक लाख ५५ हजार रुपैयाँ’को कोष स्थापना गरेका छन्।

कार्यक्रममा विद्यालयका प्र.अ. सुशिल बस्नेतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यालयका शैक्षिक विभाग प्रमुख समन्तमणि आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा ३ का वडा अध्यक्ष रवीन्द्रबहादुर प्रजु, कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर, विद्यालय व्यवस्थापन समिति सल्लाहकार रमेश शर्मा बास्तोला, स्थानीय समाजसेवी बामनकुमार शर्मा पराजुली, ऋषि सापकोटा र अभिभावक चीनबहादुर विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकिशोर बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश उदासले स्वागत र शिक्षक शर्मिला आचार्य रेग्मीले सञ्चालन गरेकी थिइन्।

शिक्षा विभागद्वारा उक्त स्कुल प्रदेश नं ४ को सवोर्त्कृष्ट सामुदायिक विद्यालयका रुपमा पुरस्कृत गर्ने भएको छ।

- अादर्श समाज सम्वाददाता