बाढीपीडित सहयोगार्थ पोखरामा कर्न्र्सट

पोखरा, २२ भदौ । बाढीपीडितको सहयोगार्थ शुक्रबार शुक्रबार पोखरास्थित प्रदर्शनीकेन्द्र नयाँबजारमा लाइभ कर्न्र्सट हुँदैछ ।

एसओएस गण्डकीका कक्ष्या ११ र १२ मा पढ्ने बिद्यार्थी तथा युवा संजाल नेपालको संयुक्त आयोजनामा हुने उक्त कर्न्र्सटमा पोखरामा विगतदेखि सामाजिक कार्यमा सक्रिय फेसबुक समूह वि आर वान, योर्स र्डर्टस फाउन्सडेन, दारी ग्याङ, युथ थिर्ंकर्स सोसाइटी लगायतको सहयोग रहेको छ ।

बाढी र पहिरोमा परेकाहरूको र बिस्थापितको लागि राहतस्वरूप सांगीतिक कार्यक्रम गरी सो कार्यक्रमबाट संकलित सम्पूर्ण रकम बाढीपहिरो प्रभावितलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

युवाको सक्रियतामा कार्यक्रम गरी बाढीपीडितलाई थोरै भएपनि राहत बाँड्ने उद्देश्यले कार्यक्रम गरिएको योर्स र्डर्टस फाउन्सडेनकी अध्यक्ष्य रेणु काजीले बताइन् ।

कार्यक्रममा युवाको जमघट हुने भएकाले यसबाटै केही सहयोग जुट्ने ठानेर कर्न्र्सट आयोजना गरिएको विआरवानका संयोजक इन्जिनियर सूर्य तिमिल्सिनाले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे २ बजे प्रदर्शनीकेन्द्रमा हुने कर्न्र्सटमा नेपालका ख्यात्रि्राप्त कलाकार रामभक्त जोजिजु, कर्ण्र्ाादास, विवेक श्रेष्ठ, विनोद बानियाँ, इतु जोजिजू, योगेश काजी, गोगेन सन् दर्जी, रजनी रिदम राई, द न्यू बिगीनिंग ब्यान्ड, लक्ष्य ब्याण्डलगायतको प्रस्तुति रहने छ ।

सुरज थापाले कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रममा धेरैभन्दा धेरै दर्शकको सहभागिता गराई सहयोग रकम संकलन गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक शुभाशीस भट्टराईले जनाए ।

संकलित रकम प्रशासनको समन्वयमा प्रभावित क्षेत्रमा बाँडिने युवा सञ्जाल नेपालका अध्यक्ष लक्ष्मण आचार्यले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता