शिक्षामा आरक्षण कति उचित ?

सर्वप्रथम शिक्षा भनेको ज्ञान प्राप्त गर्नु हो। मानव समाज रहुञ्जेल शिक्षा पनि निरन्तर क्रियाशील रहिरहन्छ। प्रोफेसर जोनलकका  अनुसार ‘वोटविरुवाको विकास गोलभेडाद्वारा हुन्छ भने मानिसहरुको विकास शिक्षाद्वारा हुन्छ’। यसैगरी जोन डेवीका अनुसार ‘शारीरिक विकासका लागि खानाको र सामाजिक विकासका लागि शिक्षाको आवश्यकता पर्दछ’ । यस प्रकार समष्टिगत रुपमा हेर्दा व्यक्ति र समाज दुवैको सर्वा·ीण विकासका लागि शिक्षाको आवश्यकता पर्दछ।

यसर्थ शिक्षा हरेक परिस्थिति समय र आवश्यकता अनुसार फरक (फरक रुपमा प्रयोग हुन सक्दछ। शिक्षाले समाजका लागि विभिन्न जनशक्ति तयार गर्ने, नागरिक चेतना बढाउने, विभिन्न ज्ञान र सीपको विकास गराउने जस्ता राष्ट्रिय कार्यका साथै विश्वबन्धुत्वको सम्बन्धको विकास, संस्कृतिको आदान प्रदान, प्रविधिको आदान प्रदान, मानवीय शक्तिको विकास र आदान प्रदान,राष्ट्रको  समानुपातिक विकासमा सहयोग जस्ता अन्तर्राष्ट्रिय कार्यहरु समेत गरेको हुन्छ।

यसरी यस्तो बहुउपयोगी शिक्षाको सरकारी तवरबाट राजनीतिकरण हुनु सबैका लागि दुर्भाग्यपूर्ण कुरा हो। विभिन्न राजनैतिक दलहरुले आफू सीमित व्यक्तिको माझमा लोकप्रिय हुनको निमित्त आरक्षणको ब्यवस्था गरेका हुन् जुन चाँही अव्यवहारिक हुने देखिन्छ। आरक्षणले गर्दा देशमा रहेको शिक्षित र दक्ष जनशक्तिको सही रुपमा छनोट नभएर असक्षम व्यक्तिहरुको छनोट हुने देखिन्छ

नेपाल सरकारले अहिले निजामति सेवा, शिक्षा सेवा, लगायत अन्य संघ संस्थान  समेतमा आरक्षणको व्यवस्था गरेर दक्ष जनशक्तिलाई पाखा लगाउन खोजेको देखिन्छ। यसले गर्दा दक्ष र निपूर्ण व्यक्तिहरु विदेश पलायन भई असक्षम र अपूर्ण व्यक्तिहरुबाट प्रशासन संचालन गर्नुपर्ने हुन्छ। यस्ता असक्षम व्यक्तिबाट संचालन भएको प्रशासनले देशमा अन्योल मात्र बढाउँछ। आर्थिक वृद्धि र विकास हुन सक्दैन। बरु आरक्षण त असहाय, अपा· दृष्टिविहीन जस्ता सीमित व्यक्तिहरुलाई हुनुपर्दछ अन्य सक्षम व्यक्तिहरुका लागि होइन।

निष्कर्षमा,  हाल नेपालमा रहेको ‘आरक्षण कोटा’ जस्तो  महामारी रोगको तुरुन्त रोकावट गर्नुपर्दछ, नत्र भने यसले विकराल रुप लिई मुलुकमा थप जटिलता आई सम्पूर्ण क्षेत्र अस्तव्यस्त हुनेकुरा नकार्न सकिदैन। यसकारण यस क्षेत्रमा सम्बद्ध सरोकारवाला  सबैको ध्यान केन्द्रित भई यस विषयलाई  तुरुन्तै रोक्नका लागि पहल गर्न जरुरी देखिन्छ।

– सुरेन्द्रमणि लामिछाने

सिर्जना वहिरा मा.वि

पोखरा लेखनाथ नगरपालिका – २७ कास्की

- सुरेन्द्रमणि लामिछाने