आदर्श चौतारीको अवार्ड बास्तोलालाई

पोखरा, १८ भदौ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको दोस्रो चार्टड नाइट सम्पन्न भएको छ।

त्यसअवसरमा कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले लायन्स अफ दी एयर अवार्डबाट सञ्जीव बास्तोलालाई पुरस्कृत गरेका थिए।

आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरी सहयोग गरेको भन्दै बास्तोलालाई सो अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा लायन्स क्लबका पिएमसीसी दीपक श्रेष्ठले लायन्य सामाजिक सेवा अभियान भएको उल्लेख गरे।

त्यसअवसरमा बालाकृष्ण शर्मा, तेजबहादुर भट्टराई, बासुदेव कोइराला, राजु श्रेष्ठ, किशोर बराललगायतले बोलेका थिए। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले स्वागत र सचिव शिव नेपालीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता