मिस कल्चर नेपालको ट्यालेन्ट शो

पोखरा १८, भदौ। पुष्पाञ्जली फेस एण्ड इभेन्ट प्रालिले आयोजना गरेको मिस कल्चर नेपालको चौंथो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ।

कार्यक्रममा १४ जना प्रतिश्पर्धीले आ-आफ्नो मौलिक प्रतिभा प्रस्फुटन गरेका थिए। अडिसनमा उपस्थित २५ जना मध्येबाट १४ जनालाई छनौट गरी ट्यालेन्ट राउण्डमा प्रवेश गराइएको आयोजकले जनाएको छ।

ट्यालेन्ट राउण्टको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखानाथ उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पुष्पाञ्जलीले लिएको नारा पोखराको पर्यटन प्रवर्द्धन सँग जोडिएको हुनाले संस्कृतिको संरक्षण गर्नका निमित्त यस्ता कार्यक्रम आवश्यक रहेको बताए।

कार्यक्रमका पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्त कोइरालाले यस्ता कार्यक्रममा महानगरपालिकासमेत हातेमालो गर्न तयार रहेको बताए।

कार्यक्रममा मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्ण नेपाल, सिजी ब्रोअरी नेपालका रिजनल सेल्स म्यानेजर मनोज घिमिरे, सांग्रिला स्प्रीरिटका सेल्स म्यानेजर किशोर कोइराला, राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय महासचिव सुमन गुरुङ, आइएमइका म्यानेजर किशोर शर्मालगायतले बोलेका थिए।

सिजी ब्रोअरीको मुख्य प्रायोजनमा र सांग्रिला स्प्रीरिटको सहप्रायोजनमा संचालित उक्त कार्यक्रमका विजेतालाई भिजी अटो मोवाइलबाट प्रायोजित सुजुकी लेट्स स्कुटर प्रदान गरिने संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन्।

कार्यक्रमको निणार्यकमा सौर्न्दर्यकर्मी हीरा भण्डारी, नृत्य निर्देशक श्याम सिंह, समाजसेवी जाग्रीत भट्टराई, मिस कल्चर पश्चिमाञ्चलकी बिजेता मञ्जु थापा, मिसेस कल्चर नेपालकी थर्ड रनरअफ रिन्जी पुन रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता