नेपाली संस्कृति ज्ञानमा केफका तिमिल्सिना प्रथम

पोखरा, १७ भदौ।प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कास्कीले  शनिवार आयोजना गरेको नेपाली संस्कृति ज्ञान परीक्षा-२०७४ मा केफ माविका रोशन तिमिल्सिना प्रथम भएका छन्।

यसैगरी द्वितीय, तृतीय र सान्त्वना क्रमश विदुर भट्टराई, किशोर सापकोटा, धनीराम ढकाल पोखरा चिसाखोला वेद विद्याश्रम बाट भएका छन्।

यस्तै अन्य प्रोत्साहन स्वरूप ४७ जनालाई  पुरस्कार प्रदान गरिएको थियो।

परीक्षामा  प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश २५ हजार एक सय ११, बीस हजार एक सय ११ , पन्ध्र हजार एक सय ११, दश हजार एक सय ११ र प्रोत्साहान पुरस्कार ४७ जनालाई एक हजार एक सय ११ प्रदान गरिएको थियो।

परीक्षामा कास्की जिल्लाका ११७ विद्यालयका कक्षा ६-१२ सम्म अध्ययनरत तीन हजार दुर्इ सय  विद्यार्थीको सहभागिता थियो।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. रमेश ढुङ्गेलले नेपाली संस्कृतिको महत्वको  बारेमा बोल्नुभएको थियो। त्यस्तै अतिथिद्वय चैतन्य कृष्ण र डा.मणिभद्र महाराजले पूर्र्वीय संस्कृति एवम् राष्ट्रियताको बारेमा बोलेका थिए।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख शिक्षासेवी गणेश बहादुर गुरुङलाई प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. रमेश ढुङ्गेलले सम्मान गरेका थिए।

डा. काशीनाथ कण्डेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य डिल्ली रिमाल र सञ्चालन मिलन अधिकारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता