नेशनल प्याव्सानको चित्रकला प्रतियोगिता

पोखरा, १७ भदौ। नेशनल प्याव्सान कास्कीको आयोजनामा पाँचौँ अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ।

प्रतियोगितामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले कलाकारितामात्र नभई सम्पूर्ण क्षमताको विकासमा विद्यालयको विशेष भूमिका रहेको उल्लेख गरे।

कलाबिनाको जीवन सरस हुन नसक्ने बताउँदै उनले पोखरेली माटोमा कलाको बीउ अत्यन्त सुन्दर तरिकाले मौलाउने यथार्थ हृदय·म गर्दै निरन्तर कलाको विकासमा लागेर प्रदेश नं. ४ र सिङ्गो देशको कलामा थप योगदान दिन आवश्यक रहेको उल्लेख गरे।

नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले सबैभन्दा पुरानो कलाका रूपमा रहेको चित्रकला र अन्य विविध कलाले जीवनका हरेक क्षणलाई सुन्दर बनाउने हुँदा जुन कार्य गर्दा पनि कलात्मक ढंगले गर्नुपर्ने बताए।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले विद्यार्थीको सर्वा·ीण विकासका लागि विद्यालयले विशेष भूमिका खेल्नुपर्ने बताए।

कलाको भाषा निकै फरक हुने र यसलाई बुझा्नेले मात्र जीवनको सही अर्थ बुझन सक्ने बताउँदै विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न नेशनल प्याव्सान कास्कीले निरन्तर विविध कायक्रम गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमीका छात्र युकेश सुनार प्रथम पुष्प सदन एकेडेमीकी छात्रा करुणा अर्याल द्वितीय, त्रिवेणी पब्लिक माविका मिलन विक तृतीय र हार्बर्ड एकेडेमीका मनिष थापा सान्त्वना भए। निर्णायक गोपाल श्रेष्ठ र बुद्धि गुरुङ थिए।

कार्यक्रमबीच, जगदम्बाश्री पुरस्कार प्राप्त गरेका कलाकार दुर्गा बराल ‘वात्स्यायान’ लाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा रोशन कोइरालाले स्वागत, चित्रकला प्रतियोगिता कार्यक्रमका संयोजक अर्जुनप्रसाद पाण्डेले धन्यवाद र सञ्जीव पौडेलले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता