विष्णुपादुका माइस्थान अध्यक्षमा तिमिल्सिना

पोखरा, १७ भदौ। विष्णुपादुका माइस्थान विकास समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले चूडामणि तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समिति उपाध्यक्षमा दयाराम बास्तोला, महासचिवमा नीलकण्ठ पौडेल, सचिवमा खगेन्द्रबहादुर थापा र कोषाध्यक्ष देवकृष्ण पौडेल रहेका छन्।

सदस्यमा केशवशरण पौडेल, विष्णुकुमारी श्रेष्ठ, पूर्णभद्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, श्यामबहादुर खड्का, रामचन्द्र त्रिपाठी, उमनाथ पौडेल, कमलमणि त्रिपाठी र नारायणबहादुर कुँवर रहेका छन्। दुर्इ जना सदस्यपछि थप गरिने समितिले जनाएको छ।

यसअघि अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस धार्मिक क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए।

कार्यक्रममा केशवशरण पौडेल, दयाराम बास्तोला, तिलक तिमिल्सिना, कृष्णप्रसाद पौडेल, भरतचन्द्र गौतमले बोलेका थिए।कार्यक्रममा सचिव चूडामणि तिमिल्सिना र कोषाध्यक्ष नीलकण्ठ पौडेलद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत् पारित गरिएको थियो।

समिति अध्यक्ष माधवशरण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा श्यामबहादुर खड्काले स्वागत र सचिव चूडामणि तिमिल्सिनाले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता