लेखनाथ सहकारीको नवौं साधारणसभा

लेखनाथ, १३ भदौ। पोखरा २६, अघौर्चोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको नवौं वाषिर्क साधारणसभा मङ्गलबार सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले नाफा र सेवाको काम गर्दै आफ्ना सेयर सदस्यलाई बचत गराउन सिकाउने बताए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बलराम ढकाल, प्युठानका जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, पोखरा २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाका अध्यक्ष बोधराज लामिछानेलगायत बोलेका थिए।

संस्थाका अध्यक्ष गणेशभक्त अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कँंडेल, निवर्तमान अध्यक्ष कुशलबावु लामिछाने सेयर सदस्यतर्फाट चन्द्रगोपाल श्रेष्ठ, सावित्री भट्टराई, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछाने, ओम डेभलपमेण्ट बैंक अघौ शाखाका प्रमुख बिमल बास्तोलालगायत बोलेका थिए।संस्थाका उपाध्यक्ष अम्विका आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव नगेन्द्रराज लामिछानेले गरेका थिए।

सोही अवसरमा सेयर सदस्यका छोराछोरीमध्ये एसर्इइमा उत्कृष्ट नतिजा ल्याउने सर्वज्ञ भट्टराई, अन्जली ढकाल, विशाल आचार्य, वविन भण्डारी र आकृती बराल साथै असल सहकारी अभ्यासतर्फ नारायणी सापकोटी, विष्णुप्रसाद अधिकारी, ज्येष्ठ सदस्यतर्फ शुक्रराज तिमल्सेना र पूर्णमाया लामिछानेलाई सम्मान गरिएको थियो ।

सहकारी विशेष सम्मानबाट निवर्तमान अध्यक्ष कुशलबाबु लामिछाने र सदस्य पार्वती रेग्मी अधिकारीलाई सम्मान गरिएको थियो।

यसैगरी, जनप्रतिनिधि शेखरनाथ लामिछाने, प्रेम बराल, सरु नेपाली र रामकृष्ण जिसीलाई पनि सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता