प्रगति विद्यालयस्तरीय व्याडमिन्टन च्याम्पियन

पोखरा, १२ भदौ। इन्द्रबहादुर गुरुङ स्मृति अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगितामा टप्सको वर्चस्व तोड्दै यसपालि प्रगति बोर्र्डिङ स्कुल च्याम्पियन भएको छ ।

पोखरा रंगशालामा चार दिनसम्म चलेको १६ औं इन्द्रबहादुर गुरुङ स्मृति अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगितामा टप्स बोर्र्डिङ स्कुलको वर्चस्व तोड्दै प्रगति योसहित चौथो पटक च्याम्पियन भएको हो ।

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छ इभेण्टमध्ये प्रगतिले यु(१२ ब्वाईज, यु(१२ गर्ल्स, सिनियर ब्वाईज, सिनियर ब्वाईज डबल्स गरी चार इभेण्टमा स्वर्णपदक जित्दै च्याम्पियन बनेको हो। टप्स सिनियर गर्ल्स, सिनियर गर्ल्स डबल्स तर्फ स्वर्णपदक जित्दै उपविजेतामा सीमित भयो ।

सोमबार भएको यु -१२ गर्ल्स सिंगल फाइनलमा प्रगतिकी निरजरा खड्काले टप्सकी सोफिया गुरुङलाई २१-१२, २१-१५ को सेटमा पराजित गर्दै उपाधि जितिन्। त्यसैगरी यु-१२ ब्वाईज सिंगल तर्फको प्रतिस्पर्धामा प्रगतिका शसांक अधिकारीले सैनिक आवासियकका गिर्वाण थापालाई २१-३, २१-५ को सेटले पराजित गरेका थिए।

सिनियर गर्ल्स सिंगलतर्फ प्रतिस्पर्धामा टप्सीकी प्रजिता गुरुङले प्रगतिकी शितल केसीलाई २१-११, २१-१२ को सेटमा पराजित गर्दै स्वर्णपदक जितिन्। सिनियर ब्वाईज फाइनलमा प्रगतिका विधान अधिकारीले प्रगतिकै शीर्षक अधिकारीलाई २१-५, २१-९ को सेटले पराजित गर्दै उपाधि उचाले।

सिनियर गर्ल्स डबल्स तर्फको प्रतिस्पर्धामा टप्सका प्रजिता गुरुङ र एलिशा बलाल थापाको जोडीले प्रगतिका शीतल केसी र निरजरा खड्काको जोडीलाई २१-१६, २१-१६ को सेटले पराजित गर्दै स्वर्णपदक जिते।

त्यस्तै, सिनियर ब्वाईज डबल्सतर्फको प्रतिस्पर्धामा भने प्रगतिका विधान अधिकारी र अनिष र्घर्तीको जोडीले आफनै विद्यालयका शीर्षक अधिकारी र साकार अधिकारीको जोडीलाई २१-११, १७-२१ र २१-१६ को कठिन सेटमा जित निकाल्दै स्वर्णपदकमा नाम लेखाए।

प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला व्याडमिन्टन संघका सल्लाहकार नीरबहादुर थापाका अनुसार प्रतियोगितामा १९ विद्यालयका दुर्इसय ६० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। जुनियर तथा सिनियर सिंगलका विजेता खेलाडीहरूलाई ट्रफी पदक तथा प्रमाणपत्रसहित साइकल पुरस्कारस्वरूप प्रदान गरिएको थियो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनीलकुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पूव अध्यक्ष अशोक पालिखे, टप्सका प्राचार्य रत्नमान गुरुङलगायतले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगितामा अनुशासित विद्यालयको पुरस्कार एसओएस, उत्कृष्ठ पोशाक प्रगति बोर्र्डिङ स्कुल, उदीयमान खेलाडी छात्रा नमूना खड्का (पोखरा एकेडेमी), छात्रतर्फ शौरभ थापा (सैनिक आवासीय), बढी सहभागिता प्रगति बोर्र्डिङलाई समेत पुरस्कृति गरिएकेा थियो।

प्रतियोगिताको लागि प्रगति बोर्र्डिङ स्कुल, गोर्खा बराह ज्वलस र पोखरा लेखनाथ महानगरपालिकाले मुख्य प्रायोजन गरेका छन्।

त्यसैगरी, टप्स मावि, कुुमुदिनी होम्स, सोल्टी वाटर, शिखर इन्सुरेन्स, पोखरा स्टिल फेब्रिकेशन एशोसिएसन, हट एण्ड स्पाईस,र्र् इ दीपक बरालले सहप्रायोजन गरेका छन्।

त्यस्तै, अनिल मिश्र, सुशील श्रेष्ठले आर्थिक सहयोग दिएकेा संघले जनाएको छ। राष्ट्रिय खेलाडी भूगोल गुरुङ तथा विशाल खड्का, रविन गुरुङ र सुशील पौडेलले साइकल पुरस्कार प्रायोजन गरेका छन्।

विकास गुरुङले भिक्ट्री विनर स्ट्याण्ड, राजकुमार गुरुङले स्कोर बोर्ड, राजेश गुरुङले प्राथमिकता उपचार, राजकुमार घलेले खानेपानी, चित्रबहादुर गुरुङ (हाल हङकङ)ले नेट प्रायोजन गरेका थिए।

- एजेन्सी