व्याडमिन्टनमा छात्रातर्फ प्रिक्वाटरफाइनल समीकरण पूरा

पोखरा, १० भदौ । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनमा सञ्चालित १६ औं जिल्लास्तरीय इन्द्रबहादुर गुरुङ स्मृति अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगितामा छात्रामा सिनियरतर्फ टप्स माविका चार खेलाडीले क्वाटरफाइनल सुरक्षित गरेका छन् । छात्रतर्फ प्रगतिका आठ खेलाडी प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यु-१६ छात्रतर्फको प्रतिस्पर्धामा प्रगतिका विधान अधिकारीले सैनिकका आयुष बानियाँलाई १५(९, १५(९ को सेटले पराजित गर्दै अन्तिम प्रि-क्वाटरमा प्रवेश गरेका हुन् ।

त्यस्तै, प्रगतिकै रोशन विकले ज्योतिकुन्जका सुजल गुरुङलाई १५-१३, १५-९ को सेटमा पराजित गरे । पोखरा एकेडेमीका शशांक गुरुङले ग्लोबल कलेजियटका राहुल यादवलाई १५-३, १५-१० को सेटमा पन्छाएका हुन् ।

प्रगतिका जीवन श्रेष्ठले ज्योतिकुन्जका निशान थापालाई १५-८, १५-५,  प्रगतिकै अनिष गुरुङले गण्डकी आवासीयका कुशल पौडेललाई १५-५, १५-४ को सेटमा पराजित गरे । गण्डकीका निशान थापाले ज्योतिकुन्जका प्रशान्त केसीलाई १०-१५, १७-१५ र १५-१३ को कठिन सेटमा जित निकाले । सैनिक आवासीयका काजीमोहित थापाले ग्लोबलका अमित भण्डारीलाई १५(११, १५(६ को सहज नजिता निकाल्दै क्वाटरफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रगतिका साकार अधिकारीले फेवा पब्लिकका आदित्य गुरुङलाई १५-२, १५-४, कुमुदिनी होम्सका निश्चल गुरुङले वाकओभर पाए । अको खेलमा ग्लोबलका बरुण गुरुङले प्रगतिका सौरभ खड्कालाई १५-१२, १७-१५को सेटमा पराजित गरेका थिए । प्रगतिकै शीर्षक अधिकारीले सैनिकका विशेष बस्नेतलाई १५-१०, १५-९ को स्थितिमा खेल जिते । प्रगतिका ओलिभरजंग गुरुङले सैनिकका रोशन गुरुङलाई १५-९, १५-७ को सेटमा जितेका थिए । प्रगतिका सुमन गुरुङले ज्योतिकुन्जका टीका गुरुङलाई १५-८, १५-१३ को सेटमा पराजित गरे । सैनिकका आयुष कुँवरले शान्ति निकुन्जका सफल सुवेदीलाई र अन्तिम खेलमा कुमुदिनी होम्सका धीरज श्रेष्ठले प्रगतिका रिजन गुरुङलाई पराजित गरेका थिए ।

त्यस्तै, छात्रा यु-१६ को प्रतिस्पर्धामा टप्स मावि अगाडि छ । टप्सिक प्रजिता गुरुङले ज्योतिकुन्जकी अस्मिता गुरुङलाई १५-१, १५-३ को सेटमा हराइन् । शान्ति निकुन्जकी जीना जलालीले प्रगतिकी सृष्टि तिलिजा पुनलाई १५(५, १५(९को सेटमा पराजित गरिन् । नवाङ डोल्मा-एसओएस)ले ग्लोबलकी टिना गिरीलाई १५-१२,१५-२ को सोझो सेटमा पन्छाइन् । प्रगतिकी शिलत केसीले ग्लोबलकी रिष्ता गुरुङलाई १५-६, १५-३ को स्थितिमा जितिन् ।

टप्सकी सोफिया गुरुङले सगरमाथा निकेतनकी स्वेच्छा हमाललाई १५-४, १५-९ को सेटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरिन् । कुमुदिनी होम्सकी मनिषा श्रेष्ठले प्रगतिकै वीनिता बास्तोलालाई १५(१०, १५(९ ले पराजित गरिन् ।

यसैगरी, एलिशा बलाल थापाले ग्लोबलकी तनुजा गुरुङलाई १५-३, १५-० को सेटले पन्छाउँदै अन्तिम आठमा प्रवेश गरिन् ।

यु(१२ छात्रातर्फको प्रतिस्पर्धामा टप्सकी सोजिया गुरुङले कुमुदिनी होम्सकी स्नेहा साईलाई १५-१४, १५-१ को सेटमा पराजित गरिन् । ग्लोबल कलेजिटकी सदीक्षा तिमिल्सिनाले फेवा पब्लिककी प्रकृति गुरुङलाई  १५-५, १५-४ को सेटमा हराइन् । ग्लोबलकी रिष्ता रेग्मीले शान्ति निकुन्जकी सायना केसीलाई १५-१२, १५-१३ को सेटमा नजिता आफनो पक्षमा पारिन् । फेवा एकेडेमीकी नमूना खड्काले प्रगतिकी विधायिका अधिकारीलाई १५-७, १५-१० को सेटमा पराजित गरिन् । प्रगतिकी युक्ता तामाङले डायनामिककी पूजा जोशीलाई १५-४, १५-१ को सोझो सेटमा पराजित गरिन् ।

त्यस्तै, प्रगतिकी निरजरा खड्काले शान्ति निकुञ्जकी स्रि्रन ढुंगानालाई १५-७, १५-८ को स्थितिमा पराजित गरेकी थिइन् । फेवा पब्लिककी च्याङडोमा गुरुङ र ज्योतिकुन्जकी आर्श्चर्य शर्माले वाकओभर पाएका थिए ।

- अादर्श समाज सम्वाददाता