संयुक्त गोर्खा भूपू सैनिकको आठौं साधारणसभा

लेखनाथ, १० भदौ। पोखरा २९ मा रहेको संयुक्त गोर्खा भूपू सैनिक क्लबको आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि पोखरा २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङले भूपू सैनिकले क्रियाशील उमेरमा सिकेको सीप अवकाशपछिको जीवनलाई समाज निर्माणमा लाग्नु पर्ने बताए।

सोही अवसरमा संयुक्त गोर्खा भूपू सैनिक क्लबले लेखनाथ पत्रकार मञ्चको अक्षयकोषमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ अध्यक्ष मे रामप्रसाद गुरुङ तथा प्रमुख अतिथि गुरुङले पाँच हजारको चेक मञ्च उपाध्यक्ष कविराज खनाललाई हस्तान्तरण गरे।

कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे, एसविआई बैंकका प्रबन्धक पूर्णकुमार गुरुङ, लेखनाथ लायन्स क्लबका राजेन्द्र ओझा, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषि बुढाथोकी, पोखरा रोयल सहकारी संस्थाका प्रबन्धक मिलन ढकाल, रोटरी क्लब अफ लेखनाथ अध्यक्ष बद्रीनाथ पौडेल, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईलगायत बोलेका थिए। जंगबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम सञ्चालन क्लबका सचिव सु मेखवहादुर गुरुङले गरेका थिए।

- अादर्श समाज सम्वाददाता