फूलबारीमा धरहरा आमा समूह प्रथम

पोखरा, १० भदौ। पोखरा ११, फूलबारीमा भएको तीजगीत प्रतियोगितामा धरहरा आमा फूलबारी समूह प्रथम भएको छ।

फूलबारी क्लबको मुख्य आयोजना र वडा नं. ११ का महिला तथा आमा समूह सहआयोजनामा भएको प्रतियोगितामा आदर्श समाज समूह द्वितीय, सिद्धेश्वर महिला समूह तृतीय र कालिका आमा समूह काहुँ सान्त्वना भए।

उत्कृष्ट नृत्यमा प्रगति टोल आमा समूह र भेषभूषामा मुना बास्तोला अधिकारीको समूहले प्राप्त गरे। क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्राज्ञ हरिदेवी कोइरालाले गरेकी थिइन्।प्रमुख अतिथि कोइरालाले प्रतियोगिताले निरन्तरता पाओस् र संस्कृतिको जगेर्नामा फूलबारी क्लब कोशेढुंगासावित होस् भन्ने शुभेच्छा व्यक्ति गरिन्।

ओम डेभलपमेन्ट बैंक मुख्य प्रायोजक, हङकङ व्युटी इन्स्टिच्यूट प्रालि र चोक कस्मेटीक सहप्रायोजक रहेको उक्त प्रतियोगितामा ओम डेभलमपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, हङकङ ब्युटी इन्स्टिच्युका सिइओ मीना गुरुङ, वडा नं. ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलालगायत बोलेका थिए।

- अादर्श समाज सम्वाददाता