पत्रकार महासंघमा आचार्य

काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसनबाट अध्यक्षमा प्रेस युनियन र प्रेश सेन्टरको संयुक्त प्यानलका गोविन्द आचार्य निर्वाचित भएका छन् ।

अन्य १० पदाधिकारीमा पनि आचार्य प्यानल निर्वाचित भयो ।

आचार्यले प्रेस चौतारीतर्फबाट उम्मेदवार तीर्थ कोइरालाभन्दा करिब एक सय मत बढी पाएका छन् । आचार्यले सात सय ३२ मत र कोइरालाले छ सय २७ मत प्राप्त गरेका छन् । नवनिर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, कोषाध्यक्षमा राजेश मिश्र रहेका छन् ।

यस्तै, खुल्ला सचिवमा रामप्रसाद दाहाल, जनजाति सचिवमा उदय जीएम, महिला सचिवमा लक्ष्मी पुन, मधेसी सचिवमा शीतल महत्तो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भए । सदस्यमा भने दुवै प्यानलका मिश्रतिरुपमा निर्वाचित भएका छन् ।

भूगोलतर्फ केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना प्रदेश नं २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट द्वारिका काफ्ले, कृष्ण गिरी, प्रदेश नं ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, प्रदेश नं ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नं ६ बाट कलेन्द्र सेजवाल, पूर्णप्रसाद चौलागाईं, प्रदेश नं  ७ बाट मीन बम तथा बराबर मत ल्याई आधा/आधा कार्यकालका लागि उत्तर विष्ट र श्याम भट्ट विजयी भए ।

यस्तै काठमाडौँ उपत्यकाको केन्द्रीय सदस्यमा गोविन्द चौलागाई र लेखनाथ न्यौपाने, प्रतिष्ठानमा टीकाराम प्रधान र यम बिरही विजयी भए ।

खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सिंह राठौर, महिलामा जानुका बराल, सिर्जना अर्याल र श्वेता सिन्हा, दलितमा गोपाल बराइली, मधु शाही, आदिवासी/जनजातिमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसीमा अवधेशकुमार झा र सुरेशकुमार यादव, अपांगतामा माधव चम्लागाईं, अल्पसंख्यकमा छेटु शेर्पा विजयी भएको घोषणा निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले गरे । लेखा समिति सदस्यमा भूपेन्द्र आचार्य र मीरा राजभण्डारी निर्वाचित भए ।

- अादर्श समाज सम्वाददाता