गुरुङ फिल्म एशोसिएसनमा घले

लमजुङ, ६ भदौ । गुरुङ फिल्म एशोसिएसन, जिल्ला अध्यक्षमा टीकाराम घले निर्विरोध चयन भएका छन् ।

जिफानका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यता भएको प्रथम अधिवेशनले घलेलाई अध्यक्षमा चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा नर्दिमा गुरुङ, सचिवमा खेमराज घले, सहसचिवमा विष्णु गुरुङ कोषाध्यक्षयमा खुसी गुरुङ, सहकोषाध्यक्षमा भारती घले छन् । सदस्यमा सोमकुमारी गुरुङ, तीर्थ गुरुङ, कमल गुरुङ, भीम गुरुङ, संगीता गुरुङ, देउता गुरुङ र पुनम गुरुङ चयन भएको सचिव खेमराज घलेले बताए ।

अधिवेशन उद्घाटन गर्दै प्रमुख आतिथि गुरुङले पछिल्लो समय गुरुङ चलचित्रको नाउँमा नेपाली भाषा प्रयोग गर्ने चलचित्र निर्माण गरिएकोमा दुःख ब्यक्त गरे । उनले गुरुङ फिल्म भनिसकेपछि त्यसमा कम्तीमा पनि ७० प्रतिशत गुरुङ भाषा हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिफानका केन्द्रीय सल्लाहकार कृष्णकुमार गुरुङ, केन्द्रीय कार्यबाहक महासचिव गमन घले, केन्द्र्रीय सदस्य डिवी गुरुङ, जक्सन डटकमका भूपाल गुरुङ, सल्लहाकार खेमज गुरुङलगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरूले गुरुङ चलचित्र पनि अन्य चलचित्रसँग प्रतिष्पर्धा गर्ने गरी निर्माण गर्न सुझाव दिए ।

जिफानका अध्यक्ष गजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेमराज घलेले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता