बाटुलेचौर तीज मेलाको लोकनृत्यमा प्रगति बोर्डिङ प्रथम

पोखरा, ६ भदौ । बाटुलेचौरमा जारी ऐतिहासिक तीजमेलामा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता भएको छ ।

पोखराका विभिन्न १९ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा प्रगति इङ्लिस बाोर्डिङ स्कुल प्रथम, बेसलाइन मावि द्वितीय र कास्की मोर्डनाइज तृतीय भए।

विजयीलाई क्रमशः आठ हजार, छ हजार, चार हजार रुपैयाँ साथमा प्रमाणपत्र प्रदान गरिएको क्लबका सचिव मोहन थापाले जानकारी दिए।

यसअघि प्रतियोगिता उद्घाटन गर्दै एन्फाका केन्द्रिय उपमहासचिव एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले लोकसँस्कृतिको जगेना र प्रचारले मात्रै पर्यटन क्षेत्र फष्टाउने बताए । मेला मूल व्यवस्थापन समितिका संयोजक बेनीबहादुर बस्नेत अध्यक्षतामा भएको कार्यक्रमा सह-संयोजक जगन्नाथ तिमिल्सिना क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, सचिव मोहन थापा, सह-सचिव बैकुण्ठ पौडेललगायतले साँस्कृतिक जगेनाका लागि आफूहरुले मेलालाई निरन्तरता दिएको बताए।

कार्यक्रममा लोकगायक तारापति सुवेदी, घानश्याम रिजाल, तुलसा जिसी मञ्जु विकलगायतले तीज भाका प्रस्तुत गरी दर्शकलाई नचाएका थिए ।

बुधबार मूल उद्घाटनसहित विभिन्न श्रष्टा र संस्थालाई सम्मान गरिने आयोजकले जनाएको छ ।

- एजेन्सी