सुनौलोको तीजगीतमा हेमजा इकाइ पहिलो

पोखरा, ६ भदौ । सुनौलो एफ एमले आयोजना गरेको कोसेली खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ ।

यस्तै, परोपकार सर्वेश्वर नारी समूह द्वितीय, विश्वकर्मा महिला समूह क्रमशः दोस्रो र तेस्रो भए । अमरसिंह दृष्टिविहीन सान्त्वना भयो ।

विजेताले हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजले प्रायोजन गरेको ११ हजार एक सय एघार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्‍यो ।

यस्तै, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः नौ हजार, सात हजार र चार हजार साथमा प्रमाणपत्र पुरस्कार पाए ।

उत्कृष्ट नृत्यको पुरस्कार पाटनवेसी पोखराले हात पार्दा उत्कृष्ट पोशाक युनिभर्सल दिदीबहिनी समूह र उत्कृष्ट स्वरको पुरस्कार कास्की दृष्टिविहीन दिदी बहिनी समूहको पोल्टामा पर्‍यो ।

प्रतियोगिता निर्णायकमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहाल र लोकदोहोरी गायिका लक्ष्मी नेपाली थिए ।

कोसेली शुद्ध तोरीको तेलले प्रायोजन गरेको प्रतियोगितामा लोकगायिका हरिदेवी कोइराला, गायक जीवन दाहाल, गायिका लक्ष्मी नेपाली, गायक शंकर सुनार, सुस्मिता बास्तोला, रञ्जना आलेलगायतको प्रस्तुतिले माहोल रमाइलो बन्यो ।

सामुदायिक रेडियो सुनौलो एफएम अध्यक्ष शकुन्तला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शारदा पौडेल, लोकगायिका हरिदेवी कोइराला, रेडियोका सल्लाहकार शिरोमणि बराल, प्रमुख कार्यकारी अधिकृत मोतीसागर अधिकारी, कार्यक्रम प्रमुख सबु पाठक, ओक्काका कोषाध्यक्ष शिशुकला पौडेल, पोखरा ४ का सदस्य सुवर्णकेसी र विष्णुमाया परियार, हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजका सिइओ मीना गुरुङ, गण्डकी निर्माण समन्वय प्रालिका सहसचिव नवराज बस्नेत, पोखरा लेखनाथ महानगरपालिका कार्यालयकी शाखा अधिकृत चन्द्रावती वाग्ले, नवसिर्द्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पार्वती माकाजु, शुभकामना महिला विाकास केन्द्रकी अध्यक्ष भवानी माकाजु, सिर्द्धार्थ टोल विकास संस्थाकी अध्यक्ष गोमा सुवेदीलगायतले तीज पर्वको विविध पक्षबारे चर्चा गरेका थिए ।

- एजेन्सी