प्राइम सहकारीमा कोइराला

पोेखरा, ६ भदौ । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा-४ गैह्रापाटनको दोस्रो अधिवेशनबाट अध्यक्षमा निदेशप्रसाद कोइराला निर्वाचित भए।

उपाध्यक्षमा शंकर कार्की, सचिवमा सुरेन्द्रमणि पौडेल र कोषाध्यक्षमा कुलदीप भट्टराई निर्वाचित भए।

सदस्यमा सीता गुरुङ, जीवन कार्की र गुञ्जा गुरुङ निर्वाचित भएको प्रबन्धक नीरु थापाले जानकारी दिइन् । सहकारीको लेखा समिति संयोजकमा राजन परियार र सदस्यमा बाबुलाल पाण्डे र भोजनाथ सापकोटा विर्वाचित भए।

अध्यक्षमा निर्वाचित कोइरालाले प्राइम सहकारी यस क्षेत्रकै नमूना सहकारी भएकाले अझै उत्कृष्ट बनाउन पहल गर्ने बताए ।

बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादनमूलक क्षेत्रमा पनि सहकारीले लगानी बढाएको सचिव सुरेन्द्रमणि पौडेलले जानकारी दिए ।

- एजेन्सी