लघुकथा दिवसको सर्न्दर्भमा लघुकथा वाचन

पोखरा, ५ भदौ। लमजुङ-पोखरा सर्म्पर्क समिति पोखराले सोमवार लघुकथा वाचन समारोहको आयोजना गरेको छ।

लघुकथा दिवसको सर्न्दर्भमा आयोजित कार्यक्रममा मुलुकभित्र र बाहिरका २१ जना कथाकारका कथा वाचन गरिएको थियो।

प्रमुख अतिथि प्राडा भवानी पाण्डेबाट कथा वाचन गरी शुभारम्भ भएको समारोहमा डा लक्ष्मीशरण अधिकारी, विश्व शाक्य, रामबहादुर बानियाँ, विद्यावती शर्मा, कल्याण पन्त, नारायण मरासिनी, भीम रानाभाट, नविन पौडेल, दिनेश मूर्ति पन्त, शिवप्रसाद गौतम, विश्वलाल श्रेष्ठले आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रम संयोजक कल्याण पन्तले अनुपस्थित रहेका रुपिन्द्र प्रभावीसहित मुलुकबाहिरबाट आएका कथा वाचन गरेका थिए।

मुलुकबाहिरबाट आएका रचनामा केशवमोहन अधिकारी क्यानडा, कृष्ण बजगाइँ बेलायत, अल्पविराम र सन्तोष शर्मा अष्ट्रेलिया, खेमराज पोखरेल, रञ्जु मार्ग र लक्ष्मण थापा अमेरिका रहेका थिए।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि पाण्डेले रचनालाई गुणस्तरीय बनाउन अध्ययन र साधना जरुरी हुने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले समय मैत्रीको दृष्टिकोणले लघुकथाको प्रचलन आएको हुनसक्ने धारणा राखे।

साथै उनले नेपाली भाषालाई शुद्ध र सम्वृद्ध बनाउन ध्यान दिनुपर्नेमा जोड दिए।

समितिका अध्यक्ष दीपकराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व अध्यक्ष विश्वसाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

- अादर्श समाज सम्वाददाता