गण्डकी विकास बैंक मनाङमा

पोखरा, १ भदौ । गण्डकी विकास बैकको मनाङको चामेमा ५१ औं शाखा सञ्चालन आएको छ ।

शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष जगनबहादुर गुरुङले बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सीमित नगरी ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने बताए।

मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैंकको सफलताको शुभकामना मन्तव्य गरे ।

कार्यक्रममा स्वागत बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र  सञ्चालन सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ सेवा सञ्चालन गरिएको छ।

भदौभित्रै विर्तामोड, विराटनगर, वीरगञ्ज, गँंगबु, अमुवा र पोखराको चाउथेबाट शाखा सञ्चालन गर्ने तयारी भएको छ ।

बैकले आव २०७३/७४ मा सञ्चालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिमा निक्षेप १८ अर्ब ३३ करोड, कर्जातर्फ १६ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको जनाएको छ।

साथै  बैंकको निष्क्रिय कर्जा ०.४ प्रतिशत रहेको छ। बैकले केन्द्रिय कार्यालयसहित देशका विभिन्न ठाउँ गरी ५१ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबएसि, एटिएम, एसएमएस बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालयलगायत केही शाखाबाट तीन सय ६५ दिन बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आएको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता