बिमा अभिकर्ता संघको पाँचौ साधारणसभा

लेखनाथ, ३२ साउन। पेशागत बिमा अभिकर्ता संघ एलआइसी नेपाल शाखा समिति, पोखराको पाँचौ वाषिर्क साधारणसभा भएको छ।

साधारणसभा उद्घाटन गर्दै पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यले बिमाको महत्व र उपयोगितालाई जनस्तरसम्म पुर्‍याएर अभिकर्ता बिमा खोज्न होइन विमित अभिकर्ता खोज्दै आउनु पर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव बिमल ढुंगानाले सरकारी र बिमा समितिबीच सहमति सहकार्य भई सबैको हकहितमा हुने गरी परिमार्जनसहितको बिमा नीति ल्याउन अभिकर्ता संगठित भएर अगाडि बढ्नु पर्ने बेला आएको बताए।

पेशागत बिमा अभिकर्ता संघ एलआइसी पोखरा अध्यक्ष रुक गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विमक संघ एलआइसी नेपालका केन्द्रीय अध्यक्ष स्वदेश महर्जन, उपाध्यक्ष लालप्रसाद अधिकारी, केन्द्रीय सदस्य केदारनाथ अधिकारी, टंकबहादुर क्षेत्री, एलआइसी नेपाल पोखराका प्रमुख गणेश उप्रेती र एजेन्सी मेनेजर डा दामोदर बसौलालगायत बोलेका थिए। पेशागत बिमा अभिकर्ता संघ पोखराका सहसचिव छविलाल पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद आचार्यले आर्थिक प्रतिवेदन, उपाध्यक्ष सुशील ढुंगानाले स्वागत र सदस्य गीता चापागाईले धन्यवाद ज्ञापन गरेकी थिइन्।

सोही अवसरमा गत आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता