महिला उद्यमी लक्ष्मीलाई सम्मान

पोखरा, ३० साउन। महिला उद्यमी लक्ष्मी रानाभाट मानव मिलन नारी जागरण संस्थाद्वारा सम्मानित भएकी छन्।

कार्यक्रमकी प्रमुख अतिथि संस्थाकी सल्लाहकार सुष्मा पौडेलले रानाभाटलाई दोसल्ला ओढाएर पाँच हजार, पाँच सय, ५५ रूपैयाँ नगदसहित सम्मान प्रदान गरिन्।

लामो समयदेखि पोखरामा फलफूल तथा तरकारीको व्यापार गर्दै आएकी रानाभाट एकल महिलासमेत हुन्।

महिलालाई उद्यमी बनाउने उद्देश्यले संस्थाबाट सम्मान गरिएको अध्यक्ष पार्वती पौडेलले बताइन्।

संस्थाकी उपाध्यक्ष सविता बरालको श्रीमान् राजेन्द्र बरालको जन्मोत्सवको अवसरमा स्थापना गरिएको ६१ हजार रूपैयाँको कोषबाट संकलित ब्याजबाट महिलालाई सम्मान गरिँदै आएको पौडेलले बताइन्।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सावित्री शर्माले शुभकामना मन्तव्य र कोषाध्यक्ष मेनुका पोखरेलले कार्यक्रममाथि प्रकाश पारेका थिए।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षता, उपाध्यक्ष सविता बरालको स्वागत र सचिव कमला गिरीको सञ्चालन गरेको थियो।

- अादर्श समाज सम्वाददाता