गण्डकी मझौला मिनीमा भारती

पोखरा, २८ साउन। गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको अध्यक्षमा दयाराम भारती चयन भएका छन्। समितिको नवौं साधारणसभा तथा पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ ‘शिवु’, उपाधयक्ष प्रेम लिम्बु, महासचिव मनोज रसाइली, सचिव विष्णु थापा, कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष श्यामकुमार ताम्राकार तथा सदस्यमा कुमार गुरुङ,र्र् इश्वर बस्याल, मेघबहादुर गुरुङ, गंगा वाइबा तामाङ,र्र् इन्द्र मल्ल र रत्न गुरुङ छन्।

यातायात व्यावसायी राष्ट्रिय महासंघका उपाध्यक्ष भरत तिमिल्सिनाले कार्यक्रम उद्घाटन गर्दै महासंघले ल्याएको कार्यनीतिक प्रतिवेदन संसद्बाट पारित गर्न आग्रह गरे। तिमिल्सिनाले कार्यनीति प्रतिवेदन यातायात व्यावसायी र मजदूरको हकहितको अधिकार प्राप्ति उन्मुख रहेको उल्लेख गरे।

तिमिल्सिनाले यातायात सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिए। यातायातको सेवाबाट उपभोक्ता ठगिन नहुने उनको तर्क थियो। उनले विभिन्न बहानामा ट्राफिक प्रहरीले गर्ने दण्ड न्यायोचित नभएको दावी गरे।

महासंघका महासचिव पुण्यप्रसाद सिटौला सरोजले संक्रमणकालीन राजनीतिको फाइदा उठाएर यातायात क्षेत्रलाई तहसनहस पार्न खोजिएको आरोप लगाए। सामान ढुवानी गरेको भन्दैमा सवारीसाधनबाट जताभावी भ्याट उठाएकोमा उनले बिरोध गरे। यातायात व्यवसायीको एकताले नै यस क्षेत्रमाथि भएको थिचोमिचो हट्ने उनको तर्क थियो।

महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले ट्राफिक प्रहरीले उठाएको कर असुलीको विरोध गरे। बिनापूर्वाधार स्मार्ट सिटीको अवधारणा आएको अधिकारीले औंल्याए। शृङ्गा यातायात व्यावसायी संघका अध्यक्ष केदार पौडेलले यातायात व्यावसायीले लगानी गरेको पुँजीको सुरक्षा र मजदूरको उचित व्यवस्थापन गर्न आग्रह गरे।

कार्यक्रममा महासंघका कोषाध्यक्ष सुरेश पौडेल, महासंघका ढुवानीतर्फका वर्गीय संयोजक यादवलाल श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अञ्चल अध्यक्ष विष्णु खत्री, अखिल नेपाल मजदूर संघका अध्यक्ष रेशम सिंखडा, नेपाल यातायात मजदूर संगठनका सचिव अर्जुन खनाल र पत्रकार यदुनाथ बञ्जारालगायत बोलेका थिए । कार्यक्रममा सचिव मनोज रसाइलीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामबहादुर तामाङले स्वागत र सचिव मनोज रसाइलीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता