सडक भासिदा यातायात अवरुद्ध

कावासोती, २८ साउन। लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ। गएरातिदेखि अवरुद्ध सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । दाउन्ने क्षेत्रमा लगातार रुपमा पहिरो खसेकाले शुक्रबार राति १० बजेदेखि नै सवारी आवतजावत बन्द भएको हो। दाउन्ने सडक खण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएको छ । भासिएको सडकमा ट्रयाक खोल्ने काम भइरहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले बताए ।

सो क्षेत्रमा करिब सात मिटर सडक भाँसिदा दाउन्ने पूर्व  र पश्चिम करीब १० किलोमिटर सम्म सवारीको लाम लागेकोर्र् इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ।

- अादर्श समाज सम्वाददाता