इक्यान शैक्षिक मेलामा उल्लेख्य सहभागिता

पोखरा, २८ साउन। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा पोखरामा आयोजित पाँचौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ आइतबार सकिँदैछ ।

मेलामा  शुक्रबार र शनिबार विद्यार्थी तथा अभिभावकको भिड लागेको प्रचार-प्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए। ‘मेलामा उल्लेख्य मात्रामा विद्यार्थी तथा अभिभावकको उपस्थिति देखिएको छ’- उनले भने।

मेला पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका थिए।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी इक्यानले मेला आयोजना गरेको हो। मेलामा विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको इक्यानका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले बताए।

विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाइएको मेलामा ५४ वटा स्टल र ११ वटा प्याभिलियन रहेको थापाले जानकारी दिए।

मेलाबाट बचत रकम सामाजिक क्षेत्र तथा छात्रवृत्तिमा खर्च गरिने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले जानकारी दिए।  मेलामा अधिकांश पोखराका परामर्शदाता संस्था सहभागी छन्। मेला विद्यार्थी र अभिभावकका लागि निकै महत्वपूर्ण बनेको अध्यक्ष मिलन तिवारीले बताए।

मेलामा आउने विद्यार्थी मध्येबाट हरेक दिन साँझ लक्की ड्रका आधारमा विशेष उपहारको व्यवस्था गरिएको छ। शुक्रबार कविता गौतमले र शनिबार संगम पोखरेलले लक्की ड्रका आधारमा ट्यावलेट उपहार जिते।

मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा आयोजित मेलामा टाइटल स्पोन्सर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन रर्र् इन एसोसियन विथमा फोरेन लिंक छ। पावर्ड बाइमा एक्स्र्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, मुख्य प्रायोजकमा किङफिसर एजुकेसनल कन्सल्टेन्सी र सपोर्टेड बाईमा टि्रनिटी एजुकेसन फाउउण्डेशन छ।

प्रोमोटरमा अस्ट्रेलियास्थित कलेज प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्पÞmोर्ड कलेज र नर्स ट्रेनिङ अस्ट्रेलिया साथै आइडिपी, व्रिटि्रस काउन्सिल छन्।

प्रायोजकमा निम्स पोखरा, डेल्टा एडुकेयर नेपाल, नमस्ते एजुकेसन इन्स्टिच्युट, थर्ड आइ एजुकेसन, एजुकेसन स्टडी लिंक, एनमार्क एजुकेसन, टार्गेट इन्टर्नेशनल एजुकेसन, एक्सेल पोखरा एजुकेसन, नाइस इन्टर्नेशनल एजुकेसन, पोखरा बर्नहाट एजुकेसनल कन्सल्टेन्सी, नेप्कम्स सर्भिसेस, मिराई इन्टर्नेशनल एजुकेसनल कन्सल्टेन्सी र काठमाडौं इन्फोसिस एजुकेसन छन्। रानीवन आरकेड होटेल पार्टनरमा रहेको छ भने बैंकिङ पार्टनरमा प्रभु बैंक छ।

- अादर्श समाज सम्वाददाता