विशाल को-अपरेटिभको वाषिर्क साधारणसभा

पोखरा, २८ साउन। विशाल को-अपरेटिभ संस्थाको १८ औं वाषिर्क साधारणसभा भएको छ।

प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीले सहकारीमैत्री नयाँ ऐन आउने बताए।

‘सहकारीहरु बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभइ उद्यमशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्न लाग्न’पर्छ’-उनले भने। विशालले पोखरा क्षेत्रमा उत्कृष्ट सहकारीको पहिचान बनाएको उनले बताए।

संस्थाका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षतामा आयोजित साधारणसभाले सञ्चालक समिति, लेखा समितिको प्रतिवेदन तथा वाषिर्क कार्यक्रम तथा बजेट सर्वसम्मत पास गरेको प्रवन्ध निर्दैशक सुदीप ढकालले जानकारी दिए। संस्थाले आफ्ना उत्कृष्ट कारोबार गर्ने सदस्य भोजराज गौतम, नबिन शर्मा, रामदेवी तिलिजा र कुश कार्कीलाई सम्मान गरेको छ।

७५ वर्ष पूरा भएका ज्येष्ठ सदस्यलाई वाषिर्क पेन्सन वितरण गरेको ढकालले जानकारी दिए। संस्थाको उत्कृष्ट कर्मचारी वरिष्ठ बजार प्रतिनिधि रमेशप्रसाद तिवारी तथा सेयर सदस्यका छोराछोरी मध्येबाट प्रमाणपत्र तहमा सवोर्त्कृष्ट अंक प्राप्त गर्ने अनिता बराल पुरस्कृत भएका छन्।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक आचार्य, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख केदारनाथ उप्रेती, सहकारीका वरिष्ठ सल्लाहकार गोविन्दप्रसाद ढकाल, सेयर सदस्य दुर्गा पौडेल ढकाललगायत बोलेका थिए।

सहकारीले गत आर्थिक वर्ष २०७३/७४ मा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सदस्यलाई १५ प्रतिशत लाभांश प्रदान गरिने ढकालले जानकारी दिए।

- एजेन्सी