स्वर्गीय श्यामजीकेशवको स्मरण

पोखरा, २८ साउन। पोखरा ४ मा मुख्य कार्यालय रहेको नवीन बचत तथा ऋण सहकारीले आ_्ना उपाध्यक्ष तथा साहित्यकार श्यामजीकेशव पराजुलीको असामयिक निधन भएकोमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

परिवानजनको तर्फबाट प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले स्वर्गीय पराजुली प्रगतिशील लेखक संघ, गण्डकी साहित्य संगम, पुष्पकमल सुवेदी प्रतिष्ठानका संस्थापक सदस्य रहेको र लामो समयदेखि साहित्य साधना गर्दै आएका बताए।

श्यामजीकेशवले निरंकुशतन्त्रविरुद्ध प्रजातन्त्र पुस्थापनाका लागि पटक पटक हिरासत र थुनुवामा परेको बताइरहँदा पश्चिमाञ्चल अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामनाथ अधिकारीले आफूलाई बामपन्थी राजनीतिमा लाग्न प्रेरणाको श्रोतका रुपमा श्यामजीलाई लिएको बताए।

सहकारीका अध्यक्ष गेहेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा विश्व श्रेष्ठ, राजनीतिज्ञ राजेन्द्रनिधि कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष शंकर बांस्तोला, महिला अधिकारकर्मी भगवती कोइराला, साहित्यकार रघुनाथ अधिकारी, सहकारी अभियन्ता तथा विशेषज्ञ धर्मराज कोइराला, रामजी कोइराला, नारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्दै स्व पराजुलीकोस्मरण गरेका थिए।

स्व पराजुलीले लेखेर भर्खरै प्रकाशन भएको तर विमोचन गर्न नपाउँदै उनको देहावसन भएको हुं’दा ‘मृत्युको गीत गाउने मान्छे पुस्तक विमोचन गर्न सम्बन्धित साहित्यिक संस्थाहरुलाई जिम्मा दिन परिवारजनमा अपील गरिएको थियो। बाँकी रचना सँगालो बनाएर स्मारिका प्रकाशन गर्न उपयुक्त हुने राय प्रस्तुत गरिएको थियो।

- एजेन्सी