गण्डकी बोर्डिङमा रोहन स्मृति फुटबल प्रतियोगिता

पोखरा, २८ साउन। गण्डकी आवासीय माध्यमिक विद्यालयमा रोहन स्मृति फुटबल प्रतियोगिता  (लमजुङ कप-२०७४) शुक्रबारबाट शुरु भएको छ। विद्यालयका विद्यार्थी स्व रोहन अधिकारीको स्मृतिमा कक्षा स्तरीय छैटौं संस्करणको फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

कक्षा १० को आयोजनामा भएको उक्त प्रतियोगितामा आठ टिमको सहभागी रहेको छ।

नकआउट लिगअनुसार सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल कक्षा १० को टिम र कक्षा १२ को टिमबीच भएको खेल शिक्षक चित्र थापाले बताए।

प्रमुख अतिथि पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले विद्यार्थी जिवनमा पढ्नै पर्ने र साथमा खेलकुदलाई पनि सँगै लैजान सकेको खण्डमा शरीर स्वस्थ्य रहने बताए।

स्कुलका प्रध्यानाध्यापक रवीप्रसाद बरालले कक्षा १० का विद्यार्थीले आयोजना गरेको फुटबल प्रतियोगिताले विद्यालयको गरिमा बढाउने बताए। विजेता टिमले रनिङ शिल्ड, गोल्ड मेडल, उपविजेताले शिल्भर मेडल साथमा प्रमाणपत्र हात पार्नेछ भने सान्त्वनाले ब्रास मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक आशीष गुरुङले बताए।

उत्कृष्ट खेलाडीलार्ई प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ भने सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई प्रमाणपत्र प्रदान गरिने गुरुङले जानकारी दिए।

आशीष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अनिश शर्मा तथा कार्यक्रमको सञ्चालन सौगात केसी र आन्भी न्यौपानेले गरेका थिए।

- एजेन्सी