हार्डवयर एशोसिएसनको २४ औं साधारणसभा

पोखरा, २८ साउन। हार्डवयर एशोसिएसन संघ, कास्कीको २४ औ साधारणसभा भएको छ।

साधारणसभा उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उपभोक्ताको हितमा ध्यान दिएर वैध तवरले प्रतिस्पर्धात्मकरुपले व्यवसाय सञ्चालन गर्न अनुरोध गरे। उनले हार्डवयरसँग सम्बन्धित कुनै पनि काम गर्दा विपत्मैत्री पूर्वाधार निर्माण गर्न पनि अनुरोध गरे।

गुणस्तरीय पूर्वाधारबिना राष्ट्रको समृद्धि नहुने उनको भनाइ थियो।

राजश्व कार्यालय कास्कीका प्रमुख लेखनाथ शर्माले सरकरले तय गरेको राजश्व संकलनमा हार्डवयर व्यवसायीको प्रमुख हिस्सा रहेको जानकारी दिए। उनले भने-‘हामीले त राजश्व संकलनमा लक्ष्य लिएका मात्रै हौं त्यसको पूर्र्तीका लागि यहाँहरुको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ। उनले अवैध तवरले सञ्चालन रहेका व्यवसायीरुलाई वैध तरिकाले व्यवसाय गर्न पनि अनुरोध गरे।

एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले एशोसियसनले सबै व्यवसायीको र्फममा कार्य गर्ने मजदूर तथा कर्मचारीलाई दुर्घटना विमा गर्ने व्यवस्था मिलाएको जानकारी दिए।

एशोएसिनका महासचिव पृथ्वीराज शर्मा तिमिल्सिनाले संस्थाले एक वर्षभित्र गरेका सम्पूर्ण कार्यक्रमको विवरण दिए। संस्थाका कोषाध्यक्ष शेषकान्त ढकालको प्रस्तुत गरेको आर्थिक लेखा परिक्षण र वाषिर्क हिसावलाई सभाले पारित गरेको थियो।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्णमुरारी आचार्य (वनमाली) ले धन्यवाद दिँदै संस्थाले आउँदा दिनहरुमा सामाजिक हितको लागि सहकार्य गर्नसमेत अनुरोध गरे।

त्यस्तै, एसर्इइ परीक्षा सवोर्त्कृष्ट अंक ल्याउने संघका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता