करोडौं उठाएर महिला बेपत्ता

लेखनाथ, २६ साउन। पोखरा २६, बूढीबजारकी एक महिलाले सर्वसाधारणबाट करोडौ रकम उठाएर बेखबर भएकी छन्।

विजयपुर घर भई बूढीबजार सक्नेरीमा फेन्सी पसल सञ्चालन गर्दै आएकी इश्वरी लामा क्षेत्रीले बढी ब्याज प्रलोभन देखाएर करोडकै हाराहारीमा सर्वसाधारणबाट रकम उठाएर बेखबर बनेकी हुन् ।

दुर्इ छोरीकी आमा उनले स्थानीयस्तरमा ढुकुटी खेल्नेदेखि पाँच रुपैयाँसम्म ब्याज प्रलोभन देखाएर करिब सय बढी मानिसको रकम हिनाबिना गरेको पीडित बताउँछन् ।

अन्तरजातीय विवाह गरेकी इश्वरीका श्रीमान् कमल लामा केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुर्वई छन् । स्रोतका अनुसार ती महिला पनि श्रीमान् कमलसँगै पुगेकी छन् ।

सक्नेरीका मेखबहादुर गुरुङको घरमा ६ वर्षदेखि फेन्सी र पार्लर सञ्चालन गर्दै आएकी उनले बूढीबजारचोकमा पनि हालै अको पसल सञ्चालन शुरु गरेकी थिइन् ।

मिजासिलोे बानी ब्यहोरा र बोलीले अकोर्लाई सजिलैसँग प्रभावित पार्न सक्ने क्षमताकी इश्वरीले विशेषगरी महिलालाई साथी बनाएर रकम माग्ने गरेको पीडित पक्ष बताउँछन् । पाँच रुपैयाँसम्म ब्याज दिने कबुलमा बिनाप्रमाण पैसा सापटी लिने र समय समयमा ब्याज पनि दिँदै आएकी इश्वरीले पछिल्लो समयमा ब्याज दिन पनि छोडेकी थिइन् । अहिले उनी दुर्इ छोरीलाई बहिनीको जिम्मा लगाएर साउनदेखि बेखबर भएपछि सबैलाई पैसा डुव्ने चिन्ताले पिरोलेको हो।

विशेषगरी श्रीमान् बाहिर भएका महिलालाई नाफाको प्रलोभन देखाउँदै उनले सापट लिने गरेकी थिइन् । त्यसबाट कतिपयले आफ्ना गरगहनादेखि जग्गासमेत धितोमा राखेर पैसा दिएका थिए ।

इश्वरी एकाएक बेखबर बनेपछि कतिपयले आफू ठगिएको गुनासो गरे पनि घरपरिवारसँग सम्बन्ध ब्रि्रने डरले यति नै रकम ठगिएकोबारे खुल्न चाहँदैनन् । यसबारे डाडाकोनाँक प्रहरीचौकीमा बुझ्दा घटनाबारे अहिलेसम्म जाहेरी परेको छैन । केही समयअघि कैलाश विकास बैंकका एक कर्मचारीले ठूलो रकम ठगी फरार भएको घटना सेलाउन नपाउँदै लेखनाथमा एक महिलाको त्यस्तै हर्कतले सर्वसाधारण आतंकित छन् ।

- भीमपाणि बराल