आजदेखि इक्यान शैक्षिक मेला

पोखरा, २६ साउन । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)को आयोजनामा शुक्रबारदेखि पोखरामा बृहत इक्यान शैक्षिक मेला शुरु हुदैछ। पोखरा सभागृहमा सञ्चालन हुने पाँचौ इक्यान मेला तीन दिनसम्म सञ्चालन हुनेछ।

नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणालीबारे जानकारी, प्राप्त योग्यताको भावि सम्भावना र अवसरको परामर्श दिन मेलाको आयोजना गरेको इक्यान अध्यक्ष मिलन तिवारीले बताए।

‘मेला विगतभन्दा बृहत् हुनेछ। विदेशमा पर्ढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीतिबारेमा हामी मेलामा जानकारी गराउँछौ’-तिवारीले भने-‘विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर वेदेशिक अध्यनका लागि सुसूचित गराउनु नै मेलाको उद्देश्य हो।’

५ वर्ष देखि सञ्चालन हुँदै आएको मेला २९ गते आइतबारसम्म पोखरा सभागृहमा सञ्चालन हुनेछ। मेलाको तयारी पूरा भइसकेको मेला संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए। मेलामा स्वदेशदेखि विदेशका शैक्षिक परामर्शदाता र कलेजका प्रतिनिधि सहभागी हुनेछन्। मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृतप्राप्त परामर्शदाताको झन्डै ६५ स्टल रहने बताए।

मिराकल इन्स्िटच्युट प्रालिको प्रस्तुतिमा हुने मेलाको शीर्ष प्रायोजक बिकन प्रिमियर इन्टरनेसनल इजुकेसन प्रालि छ। एसोसियट पार्टनरको रूपमा फरेन लिंक छ भने पावर्डबाईमा एक्स्र्पर्ट एजुकेसन एन्डा भिसा सर्भिसेस छ। मुख्य प्रायोजन किङफिसर इजुकेसनले गरेको मेलाको सपोर्टटेडबाईमा टि्रनिटी इजुकेसन फाउन्डेसन छ। मेलामा क्विन्स फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया, सिड्नी मेट्रो कलेज र प्यासिफिक कलेज अफ टेक्नोलोजीको विशेष सहभागिता रहेको थापाले बताए।

आइइएलटिएस परीक्षा लिने आइडिपी अस्ट्रेलिया र ब्रिटिस काउन्सिलका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष सल्लाह लिन पाउने मेलाका सञ्चार संयोजक पूर्णचन्द्र न्यौपानेले बताए। ‘अमेरिका, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, डेनमार्क, प|mान्स, रुस, जापान, भारत, चीनलगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको मेलामा सहभागिता रहने छ’-न्यौपानेले भने-‘यो प्रदेश नम्बर ४ को सबैभन्दा ठूलो शैक्षिक मेला हो।’

मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया,सम्बन्धित देशको विद्यार्थी भिसा नीतिका साथै सम्भाव्य अवसर र चुनौतीसम्बन्धी प्रभावकारी सूचना एवं परामर्श निःशुल्क प्रदान गरिने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले बताए। मेला सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने र झन्डै तीन लाख रूपैयाँ बचत गरेर विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गरिने आयोजकले जनाएको छ । मेला करिब १५ हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

- एजेन्सी