इजराइली राजदूतद्वारा कृषि फार्म अवलोकन

लमजुङ, २६ साउन। इजरायली राजदूत यारोनाले लमजुङमा सञ्चालन गरिएको अवलोकन एकीकृत कृषि फार्मको अवलोकन गरेका छन्।

सुन्दरबजार नगरपालिका- ३, दुराडाँडास्थित अर्चल्यानीमा सञ्चालन गरिएको एकीकृत कृषि फार्मको नेपालको लागि राजदूत यारोना मायरसहित जिल्लाका सांसदलगायत अन्य जनप्रतिनिधिहरूको टोलीले अवलोकन गरेको हो।

उक्त अवसरमा राजदूतले नेपाललाई पनि विश्वको एक कृषि नमूना देश बनाउन सक्ने बताए। आराभा मरुभूमिजस्तो ठाउँमा त कृषिको प्रशिक्षण तथा काम गर्न सक्ने नेपाली युवाले नेपालजस्तो ठाउँ जहाँ हावापानी एकदम राम्रो छ, जसकारण नेपालमा कृषि व्यवासय राम्रो विकास हुने यारोना मायाराले बताए। नेपालका युवाले इजरायलको मरुभूमिमा कृषि काम गर्न गरेको उदाहरण प्रस्तुत गरेको राजदूतको भनाइ थियो।

दुराडाँडामा इजरायलको आराभा भन्ने मरुभूमि ठाउँमा कृषिसम्बन्धी प्रशिक्षण तथा व्यवसाय गरी फकेका युवाले अर्चल्यानीको २ सय २० रोपनीको जग्गामा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी खोली आधुनिक कृषि र्फम सञ्चालनमा ल्याइएका छन्।

संस्थाको स्थापनाकालमा संग्लन भएका ७४ युवा मिलेर सञ्चनलनमा ल्याइएको सो कम्पनीको निर्देशक विष्णुकुमार श्रेष्ठले बताए। उनका अनुसार हाल संस्थामा हाल ९४ जना युवाहरू आवद्ध छन्। उक्त कार्यमा जसमा २४ जिल्लाका ५३ जना युवा जो इजरायलमा गएर कृषि सम्बन्धि पढेका अन्य गैरआवासीय नेपालीहरू हुन्। उनीहरू एकजनाले दुर्इ लाखदेखि १० लाखसम्मको लगानीमा कृषि फार्म सञ्चालनमा ल्याएको फार्मका अध्यक्ष विनोद घिमिरेले बताए।

गत माघदेखि कन्ट्रक्सनको काम शुरु भए पनि हाम्रो योजना ठुलो भएको कारण समयमा नै र्फाम पूरा गर्न नसकिएको ८ रोपनीमा बेमौसमी तरकारी, आँप, अङगुर, अनारजस्ता बेमौसमी फलफूल १० हजार कुखरा, २५ वटा बँगुर, माछापालन, बाख्रा र्फम, गाई र्फमको सञ्चालन गर्ने योजना रहेको कम्पनीका कार्यकारी तथा सञ्चालक कृष्णप्रसाद बजागार्इँले बताए। उक्त कम्पनीले अहिले काउली, बन्दा, गोलभेँडा, भेँडे खुसानी आदि तरकारीका विरुवाहरूको नर्सरी बनाइसकेको र पाँच रोपनी जग्गामा विदेशबाट नै मगाएको प्लास्किले इजरायल देशको जस्तै सुविधायुक्त ग्रीन हाउसको निर्माण गरेको उनले बताए।

र्फम निर्माणको लागि अहिलेसम्म जिल्ला कृषि विकास कार्यालयबाट एउटा हाते टयाक्टर, जिल्ला पशु सेवा कार्यालयले डेरी उद्योगका लागि दुर्इ लाख पचास हजार सहयोग गरिएको निर्देशक श्रेष्ठले बताए।

उनका अनुसार बिजुली बत्तीको लागि नेपाल विद्युत प्राविधिकरण क्षेत्रीय निर्देशनालय पोखराले सिंगल फेजको लाइन उपलब्ध गराएको छ भने प्राविधिकरणकै सहयोगमा थ्री फेजको काम अन्तिम चरणमा रहेको बताए। लमजुङ जिल्लाभरि विभिन्न नाममा रहेको तरकारी समुहमा मिलेर उत्पादन गरिएको तरकारी संकलन गर्ने र गार्इ, भैँसी पालेका किसानीको घरघरमा गाईको दूध संकलन गरी डेरीसम्म ल्याइदिने योजना बनाएको सञ्चालक कृष्णप्रसाद बजगार्इँले जानकारी दिए।

अवलोकन कार्यक्रममा संसद डा भीष्मनाथ अधिकारी, चन्द्रबहादुर कुँवर, जमीन्द्रमान घले, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, साना किसानका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा, लमजुङ उद्योग वाणिज्यका अध्यक्ष राजेश थापालगायत उपस्थित थिए।

कम्पनी अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रवीण खतिवडाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता