रामघाट महिला समूहले तीज विशेष गर्ने

पोखरा, २६ साउन। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले रामघाट महिला समूहले भदौ ८ मा तीज विशेष कार्यक्रम गर्ने भएको छ।

रामघाटस्थित शिवमन्दिर, गितामन्दिर परिषरमा हुने कार्यक्रममा तीज गीत प्रतियोगिता मुख्य आकर्षण रहने समूहकी अध्यक्ष अनिता तिमिल्सिनाले जनाइन्।

प्रतियोगितामा २५ समूहले सहभागिता जनाउने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्न दुर्इ लाख ६० हजार रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रथम हुने समूहलाई १० हजार पाँच सय, दोस्रोलाई सात हजार पाँच सय, तृतीयलाई पाँच हजार पाँचसहित प्रमाणपत्र प्रदान गरिने छ।

त्यस्तै, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्यलाई एक हजार पाँच सय/एक हजार पाँच सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रम सम्पन्न गर्न महिला समूहकी अध्यक्ष अनिता तिमिल्सिनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ। गीता शर्मालाई कार्यक्रम संयोजक तोकिएको छ भने विभिन्न उपसमिति गठन गरिएको छ। मञ्जु गौतमको संयोजकत्वमा अर्थ संकलन, इन्दिरा शर्मा सुवेदीको संयोजकत्वमा स्वागत/सम्मान, सुकुमाया श्रेष्ठको संयोजकत्वमा व्याज वितरण, कृष्णमाया पराजुलीको संयोजकत्वमा मञ्च व्यवस्थापन, सरस्वती भण्डारी तिमिल्सिनाको संयोजकत्वमा जलपान उपसमिति, जानुका अधिकारीको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ।

त्यस्तै, सीता तिमिल्सिनाको संयोजकत्वमा प्रचारप्रसार, दुर्गा सुवेदीको संयोजकत्वमा टिम दर्ता, सरला तिमिल्सिनाको संयोजकत्वमा सांस्कृतिक, गीता शर्माको संयोजकत्वमा सामान खरिद, कलावती शर्माको संयोजकत्वमा कार्यक्रम सञ्चालन, जमुना बरालको संयोजकत्वमा प्राथमिक उपचार, दुर्गा केसीको संयोजकत्वमा संघसंस्था परिचालन र शोभा तिमिल्सिनाको संयोजकत्वमा सम्मान उपसमिति गठन गरिएको छ।

समितिको सल्लाहकारमा विष्णु शर्मा, विष्णु तिमिल्सिना र रामबहादुर केसी रहेका छन्। ‘कार्यक्रममा सहभागिताका लागि सबैलाई चुलै निम्तो छ’-मूलआयोजक समितिकी संयोजक अनिता तिमिल्सिनाले भनिन्- ‘कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपेक्षा गरेका छौं।’

- अादर्श समाज सम्वाददाता